नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले दिए सरकारलाई चेतावनी (विज्ञप्तिसहित)


झापा : विगत केही दिनदेखि यता पुर्वका चिया मजदुरहरुले श्रम ऐन २०७४ तथा सो सँगै सम्बन्धित सामाजिक सुरक्षाकोषको सम्बन्धमा त्यसलाई लागू गराउन माग गर्दै हड्तालमा उत्रिएका चिया मजदुरहरुको माग पूरा गर्न भन्दै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ मेची ब्युरोले सरकारलाई ध्यानाकर्षण गराउँदै चैत २५ गते प्रेस विज्ञप्ति जारी गरेको छ । ब्युरो संयोजक चमनलाल माँझीको हस्ताक्षर रहेको विज्ञप्ति अनुसार मेची व्युरोको उक्त घटनामा गम्भीर ध्यानाकर्षण भएको भन्दै दलाल सामाजिक फाँसीवादी सरकारले आँफै पारित गरेको श्रम ऐन र सो सँगै सम्बन्धित कथित सामाजिक सुरक्षा कोषको योजना कार्यान्वयनको सवालमा निकम्मा र अनिच्छुक देखिए सँगै उसको दलाल चरित्र अझै नाङ्गो भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गैर जिम्मेवारीपुर्ण ढंगले दुई तिहाईको दम्भ देखाउँदै आफै कानुन योजना बनाउने र लागू नगराउने यस्तो हर्कतको क्रान्तिकारी ट्रेड युनियन महासंघले घोर भत्र्सना गरेको छ ।

मजदुरहरुको भाग्य र भविश्य अन्योल र अन्धकारमा पारेको भन्दै नौटंकी सरकारको यस्तो रवैयाका विरुद्ध कडा संघर्षको विगुल फुक्न मजदुर वर्गमा हार्दिक अपिल गर्दै उनीहरुको माग र अधिकार प्रति सरकार अझै गैर जिम्मेवार देखिए हाम्रो संगठनले मजदुरहरुको संघर्ष प्रति ऐक्यवद्धता जनाउँदै उनीहरुको हक अधिकारप्रति कठोर भन्दा कठोर संघर्षमा उत्रिने उद्घोष गर्दै दलाल सरकारको ध्यानाकर्षण गरेको छ । यदि यसलाई बेवास्ता गरिएमा उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं सत्तापक्ष हुने छ । विज्ञप्तिकाे पूर्णपाठ…..

२०७५ चैत २५ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :