काठमाडौं/जेठ ३०, हेटौंडा औद्योगिक क्षेत्रमा रहेको बर्जर पेन्ट्स् कारखाना मालिकले कारखानामा कार्यरत कर्मचारीहरुलाई चरम श्रमशोषण गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी, मकवानपुरले कारखाना मालिक भारतीय नागरिक शुशिल कुमार द्ववेदीलाई कालोमोसो दलेको छ । पेन्ट्स्का प्रमुखलाई कालोमोसो दल्नुका साथै उनले प्रयोग गर्दै आईरहेको बा. ८ च. ८६१७ नम्बरको सवारीमा ताेडफाेड गरेको छ । कारखानाले कामदार कर्मचारीलाई चरमशोषण गरेको, श्रम ऐनको पालना नगरेको, राष्ट्रिय पुँजीलाई धरासायी बनाएको, मजदुरको कामको क्षेत्रमा मानव अधिकारको पालना नगरेको, गुणस्तरमा भन्दा विज्ञापनमा जोड दिई उपभोक्तालाई ठगी गरेको दाबी गर्दै साे पार्टीले कारवाही गरेको घटनास्थलमा प्राप्त पर्चामा लेखिएको छ ।
प्रतिक्रिया दिनुहोस्