![](https://eratokhabar.com/wp-content/uploads/2017/05/gadi-aggani-300x180.jpg)
दाङ : राेल्पाकाे गंगादेव गाउँपािलका र त्रिवेणी गाउँपािलकाका अध्यक्षको गाडी ध्वस्त भएको समाचार प्राप्त भएको छ ।गएराती करिब १२ बजे गंगादेव गाउँपालिकाको अध्यक्ष वीरबहादुर केसी र त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीको गाडीमा आगो लगाएर ध्वस्त भएकाे खबर छ । गंगादेव गाउँपालिकाको अध्यक्ष वीरबहादुर केसीका अनुसार, ‘गएराती करिब १२ बजे आफ्नो निवासमा नै राखिएको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।’ थप अनुसन्धान भइरहेकाे उनले जनाएका छन् ।
२०७५ फागुन २२ गते बुधबार प्रकाशित
प्रतिक्रिया दिनुहोस्