काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले चितवनका कार्यकर्तालाई पार्टी नीतिविपरीत काम गरेको भन्दै निष्कासित गरेको छ ।
चितवनका सेक्रेटरी ध्रुवले विज्ञप्ति निकालेर नेकपाको सहायक सङ्गठन युवा सङ्गठन नेपाल चितवनका संयोजक किरणलाई पार्टी नीतिविपरीत काम गरेकाले पार्टीको कुनै तहमा नरहने गरी निष्कासन गरिएको जनाएका छन् ।
ध्रुवले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने लक्ष्य राखी सङ्घर्षरत हाम्रो पार्टी श्रमिक र उत्पीडित जनताको पार्टी हो । अहिले पार्टीले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ मा सबै नेता–कार्यकर्ता सक्रिय रूपमा सहभागी छन् तर संयोजक किरणले अभियानकै क्रममा पार्टीको नीतिविपरीत कार्य गरेकाले कुनै तहमा नरहने गरी निष्कासन गरेको जानकारी गराउँछौँ ।’
२०७५ फागुन ११ गते शनिबार प्रकाशित