काठमाडौं/जेठ २८, नेपाल कम्युनिस्ट पार्टी, राप्ती ब्युरोले जेठ ३० गते मंगलबार राप्ती बन्द घोषणा गरेका छन् । जेठ २४ गते बैठक स्थलमा प्रवेश गरी प्रहरीले राप्ती ब्युरो इन्चार्ज सुवास, केन्द्रीय सदस्य असल क्षेत्रि, प्युठान जिल्ला सेक्रेटरी दधिराम ‘सार्दुल’ जिल्ला सदस्यहरुमा डोरबहादुर रोका ‘गेल्जालो’, गिरु भुषाल ‘परिवर्तन’, बामबहादुर बुढा ‘पवन’ राजृेन्द्र राहुत क्षेत्री ‘विश्वास’, दिल बहादुर घर्ती ‘अजय’ प्रकाश सुवेदी, (अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष) पुङ्क पुनलाई प्युठानबाट प्रहरीले गिरफ्तार गरेको थियो । गिरफ्तार परेका नेता-कार्यकर्तालाई रिहाई नगरेर सार्वजनिक मुद्दा लगाएको भन्दै बन्दको घोषणा गरिएको हो । आइतबार राप्ती ब्युरोले विज्ञप्ति जारी गरेर सरकारले पार्टीका शान्तिपूर्ण कार्यक्रममाथि युद्धशैलमा हस्तक्षेप गरेकोप्रति आपत्ति समेत जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्