प्रचण्डको एकता आह्वानपछि,वैद्यको आयो यस्तो प्रतिक्रिया

baidyaअम्बिका चन्द/काठमाडौंः जेठ २८, सनिवार एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैद्य र विप्लवलाई पार्टी एकतामा आउन आग्रह गरे लगत्तै क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले कडा प्रतिक्रिया व्यक्त गर्नु भएको छ । उहाँले देशीविदेशी दुश्मनहरुसँग आत्मसमर्पण गरेको नेतृत्वसँग उहिल्यै सम्बन्ध विच्छेद गरेको उल्लेख गर्दै केही दिन यता माओवादी केन्द्रको मूल नेतृत्वमा पार्टी एकताको कुरा बाहिर आइरहेकोले यसप्रकारका समाचारवबट विभ्रम मात्र पैदा हुने बताउनुभएको छ ।  

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष वैद्यले माओवादी केन्द्र र त्यसको मूल नेतृत्वले नेपाली जनयुद्ध, जनवादी क्रान्ति र साम्यवादको उदात्त आदर्शप्रति गम्भीर विश्वासघात गरेको पनि बताउनु भएको छ । साथै उहाँले माओवादी केन्द्रको मूल नेतृत्वद्वारा गरिने यस प्रकारको आह्वान नेपालमा कम्युनिस्टलाई ध्वस्त पार्नका लागि बैदेशीक प्रतिक्रियावादीहरुद्वारा निर्देशित दक्षिणपंथी संधोधनवादीहरुको षड्यन्त्र हो भन्नुभएको छ ।

मालेमावाद, नयाँ जनवाद, बलप्रयोगको सिद्धान्त, वैज्ञानिक समाजवाद, साम्यवाद स्वीकार गर्ने साम्राज्यवाद, विस्तारवाद, सबैखाले संशोधनवाद विशेषत दक्षिणपंथी संशोधनवाद विरुद्ध संघर्ष गर्ने र वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा संसदीय व्यवस्थाको विरोध गर्ने सच्चा कम्युनिस्टहरुसँग भने पार्टी एकता गर्न तयार भएको कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :