मकवानपुरमा सेल कमिटी निर्माण


मकवानपुर : संगठन सुदृढीकरण तथा विस्तार अभियान २ अन्तरगत मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. ८ मा नेपाल कम्युनिस्ट पार्टीको सेल कमिटी निर्माण भएको छ । जिल्ला इन्चार्ज विश्वासको नेतृत्वमा रहेको अभियान टोलीले सोमबहादुर तामाङको नेतृत्वमा १२ सदस्यीय सेल कमिटी निर्माण गरेको अभियान टोलीका सदस्य एच.बी. जोशीले बताएका छन् ।

अभियान टोलीले जनकार्यहरु गरिरहेको छ भने फागुन १ गते हुँने २४औं जनयुद्ध दिवस जनताकै बीच भव्य रुपमा मनाउँने तयारी रहेको बताएको छ ।

२०७५ माघ २९ गते  मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :