शान्तिपूर्ण आन्दोलनमा दमन गरिए आन्दोलन हुन्छ : पाटन

 

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगलीले आफनो सङ्गठनका केन्द्रीय सदस्य कुबेर र धादिङ जिल्ला अध्यक्ष चट्टानलाई बिनाकारण गिरफ्तार गरिएको भन्दै तत्काल रिहाइको माग गरेका छन् । बिहीबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष पाटनले स्वन्त्ररुपमा आन्दोलन गर्ने नागरिकको अधिकारमा सरकारले प्रतिबन्ध लगाएको बताएका छन् । सरकारले भ्रष्टाचारलाई संस्थागत गरिरहेको र जनप्रतिनिधिको नाममा सत्ताले वैधता दिइरहेकोले त्यसका विरुद्ध आन्दोलन गरिरहेको बेला आफ्नो पार्टीका नेताकार्यकर्ता  गिरफ्तार गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । अभियानको सिलसिलामा रहेका आफना नेता-कार्यकर्तालाई सरकारले गिरफ्तार गरेको भन्दै विनाशर्त रिहा नगरे आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् ।

२०७५ माघ २४ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :