आज देशभरका शैक्षिक संस्था ठप्प

काठमाडौँ : एनसेलले बहत्तर अर्ब करछली गरेको र अखिल (क्रान्तिकारी) का कोषाध्यक्ष नरेन्द्र विकलाई गिरफ्तार गरेको भन्दै विप्लव नेतृत्वको अखिल क्रान्तिकारीले आह्वान गरेको शैक्षिक आमहडतालको प्रभाव देशैभरि परेको छ । विद्यार्थीको बन्दले राजधानीसहित देशभरका निजी तथा सरकारी शिक्षण संस्था पूर्ण रुपमा बन्द भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले गत शुक्रबार पत्रकार सम्मेलन गरी प्रत्येक क्याम्पस/शैक्षिक संस्थामा विरोध प्रदर्शनदेखि देशव्यापी शैक्षिक आमहडतालसम्मको कार्यक्रम घोषणा गरेको थियो ।

विकलाई प्रहरीले यही माघ १७ गते बेलुका विराटनगर विमानस्थलबाट गिरफ्तार गरी झूट्टा मुद्दा चलाएको छ ।

२०७५ माघ २४ गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :