अर्घाखाँची : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मीको अभियान टोलीलाई नै प्रहरीले गिरफ्तार गरेको छ । गुल्मी–अर्घाखाँचीमा अभियान चलाइरहेको टोलीलाई हस्तक्षेप गरी टोलीका नेता तथा पार्टी गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, सेक्रेटरी खेम खड्का, अर्घाखाँची जनसरकार प्रमुख पिताम्बर पोख्रेल र टुकलाल पुनलगायत अभियान टोलीलाई प्रहरीले गिरफ्तार गरेको हो । नेकपाका नेताहरूलाई शारदा मावि छत्रदेव गाउँपालिका ४ अर्घाखाँचीबाट गिरफ्तार गरिएको स्रोतले जनाएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यलयमा राखिएकाे छ । प्रहरी विभिन्न बाहाना बनाएर उनीहरूलाई नियन्त्रणमा लिएकाे छ । नेकपाले गिरफ्तारीको निन्दा गरेको छ ।
२०७५ माघ २३ गते बुधबार प्रकाशित