कैलालीको वसन्तगढामा ३२ जनासहित सिङ्गै गाउँ विप्लव नेकपामा प्रवेश


कैलाली : नेपाल कम्युनिस्ट पार्टीले जारी राखेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ का क्रममा सङ्गठन निर्माण तीव्र गतिमा भएका समाचार प्राप्त भएका छन् । कैलालीको वसन्तगढामा ३२ जनासहित सिङ्गै गाउँ विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको समाचार प्राप्त भएको छ ।


पार्टी प्रवेश गर्नेहरूमा चन्द्रबहादुर नेपाली, गणेश घर्तीमगर, हरीश घर्तीमगर, टेकबहादुर नेपाली, शेरबहादुर राना (माकेबाट), खड्कबहादुर दर्लामी थापा (एमाले), भविराम विक (माके), प्रम बराल, पुरन परियार, सुमन परियार, बाबुराम रोकामगर (माके), परिवर्तन क्षेत्री (माके एरिया सदस्य), आयुषा सिजापति, रामकली नेपाली, खिमा नेपाली, ईश्वरीदेवी, खगीसरा बुढा क्षेत्री, सङ्गीता बुढा क्षेत्री, सीमा नेपाली, बिस्ना विक, लालीदेवी रोकामगर, भुर्माछेसी लामछानेमगर, खगी, सरिता नेपाली, पटु रासकोटीमगर, प्रतीक्षा नेपाली, सुनित नेपाली, सपना नेपाली, दिलसरा नेपाली, खगीसरा नेपाली, सुनिता नेपाली, मानबहादुर मगरलगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता छन् । उनीहरूलाई नेकपाका कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले अबिर लगाएर स्वागत गरेका छन् ।


देशैभरि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेहरूको लहर चलिरहेको छ ।

२०७५ माघ २३ गते  बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :