सत्तारूढ पार्टीको वर्चस्व रहेको गाउँ नै नेपाल कम्युनिस्ट पार्टीमा


जाजरकोट : जाजरकोटमा पूर्वमाओवादी केन्द्रको वर्चस्व भएको गाउँ नै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको छ । जाजरकोटको नलगाड नगरपालिकाको बडा नं. १ चिउरीमा पूर्वमाओवादी केन्द्रको वर्चस्व रहेको एउट पूरै गाउँ नेकपामा समाहित भएको भएको छ । उक्त गाउँमा पूर्वमाओवदी केन्द्रका हीरालाल परियारसहित २२ जना नेकपामा प्रवेश गरेका छन् । यस्तै जानकी परियार, गणेश महर, जयबहादुरलगायत पूरै गाउँ नै नेकपामा प्रवेश गरेको छ ।

उक्त गाउँमा आइतबार सभा आयोजना गरी अभियानटोलीले उनीहरूलाई नेकपामा समाहित गराएको हो । उक्त सभालाई जाजरकोटमा अभियान टोलीको नेतृत्व गरिरहेका नेपाका नेता महेन्द्र र सङ्गमले सम्बोधन गरेका थिए । नेकपा निकट युवा सङ्गठनका अर्जुनलगायत १५ जनाको अभियान टोली पनि सभामा सहभागी थियो । अभियानको नेतृत्व गरिरहेका नेकपाका महेन्द्रले पूर्वीभागमा अभियान सिध्याएर डाँडागाउतिर अभियान सञ्चालन भैरहको जानकारी दिए ।

२०७५ माघ २३ गते  बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :