सिन्डिकेटको कारण भयानक दुर्घटना

सिन्डीकेटको खारेज गर्न चौतर्फी दबाब बढ्दै

यातायात समितिले तोकेको भन्दा कम  संख्यामा बस हाल्ने र तोकेको भन्दा ढिलो गरी बस चलाएर क्षमता भन्दा चारगुणा भारी
छ यात्रु बोक्दा बसले नियन्त्रण गुमाउँदा काभ्रे, बिर्तादेउरालीस्थित खहरे खोलामा  सोमबार दिउँसो २७ जनाको घटनास्थलमा मै मृत्यु भएको छ ।bus-accident-660x330

बस काठमाडौंबाट दोलालघाट हुँदै मादनकुँडारीतर्फ जाँदै थियो । घाइते ४० जनाको धुलीखेल, र काठमाडौंका विभिन्न स्थानमा उपचार
भैरहेको छ । घाइतेमध्ये केहीको अवश्था  गम्भिर रहेको अस्पत्ताल सूत्रहरुले बताएका  छन् । अरनिको यातायातको बा ३ ख, १०६
नम्बरको सो बस अपरान्ह १ बजेभीर बाट  झण्डै ३ सय मिटर तल खसेको हो । बसमा  झण्डै ९० जना यात्रु रहेको अनुमान छ । बाँच्न सफल यात्रुले बस उकालोमा ‘ब्रेक  फ्ल’ भएर पछाडि घिस्रिदै भीरबाट खसेको बताएका छन् । घाइते ३९ जनालाई नेपाली सेनाको हेलीकोप्टरले उद्धार गरी धुलीखेल र काठमाडौं पु¥याएको थियो ।

गृहमन्त्री निधी साँझ त्रि.वि. शिक्षण अस्पत्ताल पुग्दा  घाइतेका आफन्तले उनलाई घेरेर आव्रmोशित हुादै सिन्डिकेट तत्काल खारेज गर्न माग गरेका थिए । उनीहरुले अरनिको यातायात र सिन्डिकेटको विरुद्ध नाराबाजीसमेत गरेका  थिए । सिन्डिकेटका कारण प्रतिस्पर्धा नहुने,
थोत्रा बसमा क्षमता भन्दा बढी यात्रु बोक्ने गरेका कारण सो क्षेत्रमा पटक पटक दुर्घटना भैरहेको छ । घटना भएको १ः३० घण्टापछि मात्र प्रहरी पुगेकाले समयमा उद्धार नहुँदा धेरैको रक्तश्रावका कारण मृत्यु भएको अनुमान छ । २४ घण्टा बस चल्नुपर्ने सो रुटमा १२ वटामात्र बस हाल्ने र अरुलाई  पस्न नदिएका कारण सो घटना भएको हो ।
दोलालघाटबाटै धकेल्दै स्टार्ट गर्दै लगेको बस बिर्तादेउराली पुग्दा दूर्घटना भएको हो । बसका चालक र सहचालक फरार रहेकाले प्रहरीले खोजी जारी रहेको बताएको छ । सोमबारै धनगढीबाट बझाङका लागि छुटेको बस बैतडी, सिद्धेश्वर स्थित वृन्दावनमा दूर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने
३५ जना भन्दा घाइते भएका छन् । ना ५ ख, ८३२ नम्बरको बस जयपृथ्वी राजमार्गको  सिद्धेश्वर –३ मा दूर्घटना भएको हो । घाइतेहरुको डडेल्धुरा र अत्तरियामा उपचार  भैरहेको छ । टायर पन्चर भएर दूर्घटना  भएमा भनिएपनि चिप्लो कैलाली बाटोमा  ओभरटेक गर्न खोज्दा चिप्लिएर दूर्घटना भएको यात्रसहरुको दाबी छ ।  सेन्डिके आफैंमा कानून विपरित र जनविरोधी गुनडाराज हो ।

नेपाल सरकारले पटकपटक सिन्डिकेट खारेज गर्न प्रतिबद्धता  जाहेर गरेपनि व्यवसायीहरुको नाजायज  दबाब र आर्थिक प्रलोभनमा परेर सिन्डिकेट खारेज गर्न सकेको छैन ।

सुदूरपश्चिम  र पश्चिम नेपालमा सिन्डिकेटको कहर  झनै लज्जास्पद छ । थोत्रा बस, चर्काे  भाडा र असुविधाजनक यात्राबाट पश्चिम नोपकला यात्रुहरुको चरम शोषण भएको छ । तर सरकारी निकाय, दलहरु र जनवर्गिय संगठनहरुले त्यसका विरुद्ध मौनता साँध्नु आफंैमा दुःखदायी विषय बन्न गएको छ । उता प्युठान लगायतका बाढी, पहिरो  पीडितले सरकारबाट राहत पाउन सकेका
छैनन् । देश सरकार विहिन आस्थाबाट  गुज्रिरहेको नागरिकले महशुस गर्नु परिरहेको   छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :