अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीले ‘सङ्गठन सृढृण तथा विस्तार अभियान भाग २’ अन्तर्गत मालारानी गाउँपालिका ४ को खनारमा उक्त अभियानलाई तीव्रताका साथ अगाडी बढाएको छ । अभियानमा पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेलको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै नेता पौडेलले नेपालमा संसदीय व्यवस्थाले निकास दिन नसक्ने भन्दै जनता विकल्पको खोजीमा रहेको बताएका छन् । अभियानमा भेटघाट अन्तरक्रिया बालपेन्टिङ्गमा केन्द्रीय नेता समेत हिडे पनि जनता खुसी भएकोे नेकपाले जनाएको छ ।
अभियानमा अर्घाखाँची जिल्ला इन्चार्ज कमल केसी, गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, गुल्मी जिल्ला सेक्रेटरी खेम खड्का, लुम्बिनी व्युरोे सदस्यहरु सामना, सुनिल चौधरी लगायत अन्य जिल्ला स्तरीय नेताको पनि सहभागिता रहेको अभियान दुई महिना चल्ने आयोजकले जनाएको छ ।
भियानको पुस ३ गते नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सन्देशले गुल्मी अर्घाखाँचीको सयुक्त रुपमा उद्घाटन गरेका थिए ।
२०७५ माघ ५ गते शनिबार प्रकाशित