बन्दको अवज्ञा गरेको भन्दै नेकपाद्वारा एकाबिहानै सुर्खेतमा दुई ट्रकमा आगजनी

 

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टीले बन्दको अवज्ञा गरेको भन्दै सुर्खेतमा दुई वटा ट्रकमा आगजनी गरेको छ ।  नेकपा कार्यकर्ताहरुले शनिबार बिहान रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका २ सत्तरीमा भे ६ ख ७२१३ र बराहताल गाउँपालिकाको बड्डीचौरमा ना ६ ख १७३२ नम्वरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बन्दका कारण सुर्खेतवाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।

पुस २२ गते वीरेन्द्रनगरका नेकपा भेरी ब्यूरो सदस्य गोविन्द योगी र अखिल (क्रान्तिकारी) सुर्खेतका अध्यक्ष कमल बुढालाई पक्राउ गरेको थियो । गिरफ्तार परेका कार्यकर्ताहरूलाई निशर्त रिहाईको माग गर्दै नेकपाले शनिबार सुर्खेत बन्दको आव्हान गरेको हो ।

२०७५ माघ ५ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :