जनताको बीचमा विप्लवले मनाए माओ दिवस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले १२६ औँ माओ दिवसको अवसरमा आफ्ना नेता-कार्यकर्ता तथा जनतालाई खुला कार्यक्रममा सम्बोधन गरेका छन् । विप्लवले सम्बोधन गरेको ठाउँको नाम भने खुलाइएको छैन । सम्बोधनमा विप्लव स्टेज चढ्दा जनताहरु उत्साहित हुदै नाराबाजी गरेको जानकारी पार्टीको उच्च स्रोतले दिएको छ ।

सम्बोधन गर्दै उनले महान चिनियाँ सर्वहारा क्रान्तिका महान नेता माओको स्मरण गर्दै उहाँको विचारलाई नेपाल कम्युनिस्ट पार्टीले नेपालको मौलिकतामा लागू गर्नेसमेत बताए ।

उनले एउटा सामान्य किसान परिवारमा जन्मेर पनी माओले जापानी साम्राज्यवादीको तख्ता पल्टाइदिएको स्मरण गर्दै नेपालमा पनि जनवादी क्रान्ति सम्पन्न हुदैन भन्नेहरुलाई आफूहरुले जुनसुकै हालतमा करोडौं जनताको साथ लिएर क्रान्ति गरेरै देखाईदिने उद्घोष समेत गरेका थिए ।

विप्लवले सम्बोधन गर्ने भनेपछि हजारौ नेता-कार्यकता तथा शुभचिन्तक जनताहरुको भीड लागेको उक्त कार्यक्रममा विप्लवले क्रान्ति धेरै अगाडी बढेको र अब युवा, विद्यार्थी, किसान, मजदुर, महिलाले आफ्नो भूमिका पूरा गर्नेगरी मोर्चा समाल्नसमेत अपिल गरे ।
स्मरणीय छ नेपाल कम्युनिस्ट पार्टीले बुधबार देशभरी १२६ औँ माओ दिवस मनाएको छ ।

२०७५ पुस ११ गते बुधबार प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :