क्रान्तिको आह्वान गर्न प्रेरित गर्ने नेता माओ : प्रकाण्ड

धनगढी :नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्डले माओको विचार अनुसरण गर्ने क्रममा जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन् । नेकपाले बुधबार धनगढीमा आयोजना गरेको विशाल जनसभामा सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले माओको विचारलाई आफूले अनुसरण गर्ने र पार्टीका तर्फबाट बलिदान, त्याग र तपस्या गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

उनले भने, ‘आदर्शवादी पुँजीवादी विचारका विरुद्व विश्वका सम्पूर्ण श्रमजीवी जनता वैज्ञानिक विधिलाई अनुसरण गरी क्रान्तिको आह्वान गर्न प्रेरित गर्ने नेता माओ हुन् ।’

कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले आफ्नो पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा विकास गरी माओवादलाई अगाडि बढाएको र दलाल पुँजीवादविरुद्ध सशक्त सङ्घर्ष गर्दै निरन्तर क्रान्तिको बाटोमा हिँडेको बताए ।

उनले नेपालमा अझै क्रान्तिको आवश्यकता रहेकाले आफ्नो पार्टीले त्यो पूरा गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरे । उनले केपी–प्रचण्डले देशमा फासिवाद लागू गरेको धारणा राखे ।

२०७५ पुस ११ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :