महासचिव विप्लवद्वारा अग्निपीडितलाई राहत उपलब्ध गराउन निर्देशन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सोमबार कालीकोटको पातलागाउँपालिका १, खाडागाउँमा आगलागी हुँदा ८७ घर पूर्ण रूपले ध्वस्त भई सातजना घाइते हुनुका साथै २ सय ८५ जना विस्थापित हुन बाध्य भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

महासिचव विप्लवले मङ्गलबार प्रेसविज्ञप्ति विज्ञप्ति प्रकाशित गरी यो दुःखद् घडीमा कालीकोटका अग्निपीडित जनतासँग नेपाल कम्युनिस्ट पार्टी साथमा रहेको बताएका छन् ।  महसचिव विप्लवले विपत्को घडीमा कालीकोटका सम्पूर्ण पार्टी नेता÷कार्यकर्तालाई अग्निपीडित जनतालाई सहयोग र राहत आपूर्ति गर्न निर्देशन पनि दिएका छन्

२०७५ पुस १० गते मङ्गलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :