तनहुँ जनसरकारद्वारा डुम्रेको जग्गा कब्जा

तनहुँ : नेपाल कम्युनिस्ट पार्टी निकट तनहुँ जिल्ला जनसरकारले जिल्लाको बन्दीपुर गाउँपालिका वडा नम्बर १ डुम्रे निवासी ऋषि अधिकारीको जग्गामा पार्टीको झण्डा गाडेर जग्गा कब्जा भएको घोषणा गरेको छ ।
स्थानीय प्रशासनको आड र राजनीतिक संरक्षणमा सार्वजनिक जग्गा मिचेको भन्दै सरकारी निकायमा ठेक्कापट्टाको काम गर्ने अधिकारीको जग्गा तनहुँ जिल्ला जनसरकारले कब्जा गरेको पार्टी जिल्ला सेक्रेटरी सुजनले जानकारी दिए । जिल्ला सेक्रेटरी सुजनका अनुसार, निज ऋषि अधिकारीले आफ्नो जग्गाभन्दा बढी सार्वजनिक जग्गा कब्जा गरेका छन् भने जग्गाको दुबैतिरको खोलाको मापदण्ड समेत मिचेका छन् ।

पर्चामा जनाइए अनुसार, तनहुँ जिल्ला जनसरकारले सार्वजनिक जग्गा अतिक्रमण गर्नेका विरुद्ध अभियान नै सञ्चालन गरिरहेको छ ।

२०७५ पुस ९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :