रोमियो अपरेसन बिर्साउने गरी धरपकड

Nepal-Armed-Police-Forceसरकारले केही दिनयता कपिलवस्तुमा रोमियो अपरेसन बिर्साउने गरी धरपकड र छापामार्ने कार्यलाई तीव्रता दिएको छ । गतसाता गणेश थारुलाई पक्राउ गरेको कपिलवस्तु प्रहरीले शेरमान चौधरीकी श्रीमती मङ्गरी थारु (चौधरी) छोरा विजय सागर थारु साउन १३ गते गिरफ्तार गरेको छ ।

कपिलवस्तु माओवादी सेक्रेटरी संगम पुनको वाडगंगास्थित घरमा छापामारेको छ । फोटो, डायरी, पुस्तक प्रहरीले लुटेर लगेको स्थानीयले बताएका छन् । त्यसैगरी साउन १५ गते माओवादी सेक्रेटरी पुनको घरमा पनि छापामारेको छ । त्यसैगरी प्रहरीले साउन १७ गते बाला थापा ‘कृति’ को शिवगढी ६ स्थित निवासमा छापामारेर थापाकी बहिनी गायत्री थापा र ज्वाइँ मीनबहादुर केसीलाई गिरफ्तार गरेको छ । सोही दिन अजय थारुको घरमा छापा मारेर उनकी श्रीमती सपना चौधरीलाई गिरफ्तार गरेको समाचार स्थानीय माओवादी कार्यकर्ता संघप्रसाद थारुले बताएका छन् । त्यसैगरी सोही दिन युवा हेमन्त चौधरी (शिवगढी २), राकेश विश्वकर्मा (शिवराज), अशोक विश्वकर्मा (वाडगंगा), सन्तोष परियार (वाडगंगा) को घरमा छापामारेको छ । त्यसप्रकारको अत्याचार नरोके ‘कपिलवस्तुबाटै जनयुद्ध सुरु हुने’ चेतावनी बाला थापा ‘कृति’ ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

 नेकपा माओवादी लुम्बिनी ब्युरो इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ ले मंगलबार अबेर वक्तव्य जारी गर्दै त्यसप्रकारको दमन नरोकिए प्रतिरोधमा उत्रने चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :