अखिल (क्रान्तिकारी) काठमाडौँ क्याम्पस जिल्ला अध्यक्ष उषाकिरणसहित २ जना गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) काठमाडौँ क्याम्पस जिल्ला अध्यक्ष उषाकिरण र जिल्ला सचीव तारा सङ्ज्याललाई प्रहरीले गिरफ्तार गरेको छ । दुबै जनालाई काठमाडौँमा रहेको वीर अस्पतालमा विरामी भेट्ना जाँदा प्रहरीले मंगलबार बिहान ६ बजे गिरफ्तार गरेको हो । आफ्ना नेताकार्यकर्तालाई बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै तत्काल बिनासर्त रिहा गर्न अखिल (क्रान्तिकारी)ले माग गरेको छ । केपी अाेली- पुष्पकमल  दाहाल नेतृत्वकाे सरकारले नेकपाका नेताकार्यकर्तालाई  शान्तिपुर्ण कार्यक्रममा दमन गर्ने, गिरफ्तार गर्ने कार्य तीव्र पारेकाे छ । नेकपाका नेताकार्यकर्तालाई दमन,धरपकड गरेकाे भन्दै साे पार्टीले मंगलबार नेपाल बन्दकाे अाह्वान गरिसकेकाे छ ।

२०७५ साउन २९ गते बिहान ८ : ४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :