झापामा नगरपालिकाको कार्यालयमै बम विस्फोट

झापा : गएराती झापाको कन्काइ नगरपालिका कार्यालयको भवनमा बम विस्फोट भएको छ । नेपाल कम्युनिस्ट पार्टिले आह्वान गरेको नेपाल बन्दको अघिल्लो दिन बेलुका उक्त बम विस्फोट भएको हो । बम कसले विस्फोट गराएको हो भन्ने एकिन नभएपनी कन्काइ नगरपालिकाको कार्यालयबाट व्यापक आर्थिक अनियमितता भएको जनगुनासो बढेको हुनाले बम विस्फोट भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । नगरपालिकाको विभिन्न योजनाहरुमा मेयर र अधिकृतको मिलेमतोमा भ्रस्टाचार भइरहेको स्थानीय जनताले जनगुनासो गरेपछि यो घटना घट्न पुगेको बताईएको छ । विस्फोटबाट के कति क्षति भयो भन्ने यकिन तथ्य नआएपनि ठूलो आवाजमा विस्फोट भएको हुनाले केही भौतिक क्षति भएको हुनसक्ने स्थानीयले बताएका छन् । नेकपा प्रवक्ता प्रकाण्डलगायत नेताकार्यहरुको गैरन्यायिक गिरफ्तारीपछि बिनासर्त रिहाइको माग सहित आह्वान गरिएको नेपालबन्दको प्रभाब झापामा ब्यापक परेको छ । बिहानैबाट सडकमा सवारिसाधन गुड्न सकेका छैनन् भने बजारहरु पनि बन्द रहेका छन् ।
२०७५ साउन २९ गते मंगलबार बिहान ९ : ०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :