नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि, ठाउँठाउँमा बम विस्फोटका घटना

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड लगायतका नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार गरी झुट्ठा मुद्दा लगाएको भन्दै त्यसका विरुद्ध सो पार्टीले आह्वान गरेको १ दिने नेपाल बन्दको प्रभाव आज विहानै देखि देशैभर परेको छ । नेकपाको बन्दको कारण देशैभरी लामो तथा छोटो दुरीका सवारी साधन ठप्प रहेका छन् भने ठुला शहर र बजार बन्द रहेका छन् ।

बन्दको प्रभाव पूर्वमा झापाको विर्तामोड, मोरङको विराटनगर, सुनसरीको इटहरी, धरान, जनकपुर, बर्दिवास, चितवन, बुटवल, पोखरा, दाङ, कैलाली कन्चनपुर लगायतका ठाउँहरुमा परेको छ । यस्तै बन्दको कारण उद्योग धन्दा कलकारखाना र शिक्षण संस्थाहरुपनि बन्द रहेका छन् ।
यसैगरी बन्दको दिन एकाबिहानै ठाउँठाउँमा बम विस्फोटका घटनाहरु भएका छन् ।

मंलगबार विहानै लमजुङ्ग जिल्लाको दुईपिप्ले र भोर्लेटारको बिचमा एकाविहानै बम विस्फोट भएको छ । यस्तै चितवन भरतपुर महानगरपालिका १८ मा पर्ने चनौली बजारमा विहान ६ बजे तिर बम विस्फोट जनाइएको छ । यस्तै चितवनकै टाडी बजारमा पनि मंगलबार विहान बम विस्फोट भएको छ । यस्तै बन्दको प्रभाव चितवनमा बिहानै देखि परेको छ । बन्दको कारण चनौली, पर्सा, भण्डारा, भरतपुर लगायतका बजारहरु बन्द रहेका छन् । यस्तै रोल्पामा पनि बम बिस्फोट भएको खबर छ । रोल्पाको सुलिचौर र रुपन्देहीको बुटवलमा पनि बम बिस्फोट भएको छ ।

नेपाल बन्दको पूर्वसन्ध्यामा बुटवलस्थित भारतीय भूतपूर्व सैनिक क्याम्पमा बम बिष्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट कुनै मानवीय क्षति नभएपनि क्याम्पको भवनमा क्षति पुगेको रुपन्देही प्रहरीले जानकारी दिएको छ । यस्तै सिन्धुपाल्चोक चौतारामा पनि प्रहरी चौकि नजिकै सिलिन्डर बम बिस्पोट भएको जनाइएको छ । यस्तै म्याग्दीको बेनीमा पनि बम विस्फोट भएको छ ।

बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले केही ठाउमा गाडिमा तोडफोड समेत गरेका छन् । मंगलबार बिहानै नवलपुरमा बन्दकर्ताले २ वटा मालबाहक ट्रकमा आगजनी गरका छन् । यस्तै डोटिमा पनि बन्दकर्ताहरुले मालबाहक ट्रकमा आगजनि गरिदिएका छन् ।

झापामा शृंखलाबद्ध बम विस्फोट

नेकपाले आह्वान गरेको नेपाल बन्दको दिन बिहान झापाका विभिन्न ठाँउमा बम विस्फोट भएको खबर प्राप्त भएको छ । झापा भद्रपुरमा रहेको बसपार्कमा एउटा शक्तिसाली बम विस्फोट भएको छ । बिहान ५ बजे ठुलो आवाजमा विस्फोट भएपनि बिस्फोटबाट कुनैपनि क्षति भएको छैन । त्यसैगरी झापाकै बिर्तामोड बसपार्कमा पनि बिस्फोट भएको छ । बिहान भएको उक्त विस्फोट ठुलो आवाजमा भएको स्थानीयले जनाएका छन् । बिस्फोटबाट कुनै मानविय क्षति नभएपछि स्थानीयहरु त्रसित भएको बताइएको छ ।
२०७५ साउन २९ गते मंगलबार बिहान ७ : ३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :