नेकपाका प्रवक्ता प्रकाण्डलगायत सबै नेताकार्यकर्ताहरुलार्इ बिनाशर्त रिहा गर : क्रान्तिकारी माओवादी

काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले नेकपाका प्रवक्ता प्रकाण्डसहित सबै गिरफ्तार नेताकार्यकर्ताको बिनाशर्त अविलम्ब रिहाइको जोडदार माग गरेका छन् । उक्त पार्टीका महासचिव किरणले बुधबार प्रेस वक्तव्य जारी गर्दै यस्तो माग गर्नुभएको हो ।

उहाँले आफूलाई कम्युनिस्ट बताउने सरकारले क्रान्तिकारी नेतालाई गिरफ्तारी गर्नु निन्दनीय भएको बताउनु भएको छ । उहाँको प्रेसवक्तव्यमा भनिएको छ, “नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का स्थायी समिति सदस्य तथा प्रवक्ता क.प्रकाण्डसहित तीन जना कमरेडहरुलाई नेपाल सरकारले यही साउन २२ गते साँझ काठमाडौंको दक्षिणकालीबाट गिरफ्तार गरेको समाचार प्रकाशमा आएको छ । आफूलाई वाम तथा कम्युनिस्ट बताउने सरकारले कम्युनिस्ट क्रान्तिकारीहरुलाई यसरी गिरफ्तार गर्नु अत्यन्तै विडम्बनापूर्ण,निन्दनीय र दुःखद विषय हो । हाम्रो पार्टी यस प्रकारको गिरफ्तारीको घोर विरोध एवम् भत्र्सना गर्दछ । साथै, हाम्रो पार्टी गिरफ्तार गरिएका कमरेड प्रकाण्ड लगायत सबै नेता तथा कार्यकर्ताहरुको विनाशर्त अविलम्ब रिहाई गर्नका लागि सरकारसँग जोडदार माग गर्दछ ।”


२०७५ साउन २३ गते बेलुका १० : ५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :