एन आइसी एसियाको बेइमानी

अम्बिका चन्द / काठमाडौँ : भक्तपुरको चाँगुनारायणमा रहेको नेपाल इन्जिनियरिङ कलेजका संचालक समितिका सदस्यहरुले नीजि क्षेत्रको बैक एन आइ सि एसियाले विनाकारण आफुहरुलाई दुःख दिएको बताएका छन् । अघिल्लो आइतबार उक्त इन्जिनियरिङ कलेजका संचालक, शिक्षक र कर्मचारीहरुले बैकले विनाकारण आफनो रकम रोक्का गरेको भन्दै बैक विरुद्धमा नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले कसिमनवालाहरुसँग मिलेर बैकले चार करोड बढि रकम रोक्का गरिदिएको बताएका थिए । आन्दोलनपछि एन आइ सी एसियाले कलेजको आधीकारीकताको विषयमा विबाद रहेको भन्दै चाँगुनारायण नगरपालिकाका प्रतिनिधी, सम्बन्धित वडा कार्यालयका प्रतिनिधी, भक्तपुर जिल्ला प्रहरी कार्यालयका प्रतिनिधी, लगायतको रोहवरमा उक्त रकम निकासा दिने बताएको छ । उक्त बैकले रकम निकासा गर्नको लागि संयुक्त खातावालहरुले हाम्रो खातामा रहेको रकम इन्जिनियरिङ कलेजलाई उपलब्ध गराएमा हाम्रो मन्जुरी छ सो रकम हस्तान्तरण गर्ने सम्बन्धमा कुनै विवाद सिर्जना भई यस बैकलाई हानी नोक्सानी भएमा सोको सोध भर्ना गर्नेछौँ भनी निवेदन पेश गर्नुपर्ने बताएको छ । उक्त बैकले विद्यालयका प्रिन्सीपल, सहायक प्रीन्सीपल, जनरल एडमिनिष्टे«टर र कनिष्ठ एडमिनिष्टे«टरको नाममा कलेजलाई हालै पठाएको पत्रमा संचालक समितिविचको विवाद, रकमको स्रोत, संचालक समितिको आधिकारीकता जस्ता विषयमा अड्चन थापेर कलेजको रकम रोक्का गरेको छ । तर विद्यालयको संचालक समितिको नाममा नभई ब्यक्तिको नाममा खोलिएको खाता रोक्का गरेर बैक कालो धन्दा गर्नतिर लागेको खातावाल विद्यालय संचालक समितिका सदस्य र शिक्षकहरु बताउँछन् । सामाजिक सेवाको उदेश्यले खोलीएको उक्त कलेज ब्यक्तिगत प्रा.लि बनाउने चलखेल बढेपछि प्रा.लि बनाउन खोज्ने र सामाजिक सेवामुलक संस्था बनाउन खोज्नेबिच लामो समयदेखि विवाद रहँदै आएको छ । २ हजार भन्दा बढि विद्यार्थीको भविश्यलाई मध्यनगर गर्दै आफूहरुले विद्यालय संचालन गर्नको लागि बैंकमा जम्मा गरेको रकम विनाकारण रोक्का गरेर बैकले बेइमानी गरेको विद्यालयका प्रिन्सिपल शिक्षक कर्मचारीहरु बताउँछन् । उनीहरुले कलेजको विषयमा देखिएको विवाद पहिले बैकलाई जानकारी गराएरै ४ जना व्यक्तिका नाममा खाता खोलेपछि संचालक समितिको आधिकारीताको विषयमा विवाद झिकेर बैकले बेइमानी गरेको कलेजका कर्मचारीहरुले बताएका छन् ।
२०७५ साउन २४ गते बिहीबर बिहान १० : ५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :