हत्कडीको कुरा छोड्नुस, जनताको अधिकारका लागि बलिदान दिन तयार छौं : प्रकाण्ड, प्रवक्ता, नेकपा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता ‘प्रकाण्ड’ले आफूहरु देशको रक्षा र जनताको अधिकारको लागि बलिदान दिन तयार रहेको बताउनु भएका छ ।मंगलबार साँझ ७ः३० बजे काठमाडबाट गिरफ्तार गरिएका प्रवक्ता प्रकाण्डले अदालत परिसरमा बाक्लो मात्रामा उपस्थित भएका संचारकर्मीहरुको प्रश्नको जवाफ दिँदै राष्ट्रिय स्वाधीनता र जनताको अधिकार प्राप्तिका लागि आफू बलिदानी भावसाथ एकीकृत जनक्रान्तिको यात्रामा रहेकोले हत्कडी लगाउनु ठूलो कुरा नभएको बताउनु भएको हो ।

नेता प्रकाण्डले आफ्नो पार्टीले उठाएको राष्ट्रिय स्वाधीनता र जनताको राज्य व्यवस्थाको एजेण्डाप्रति बढ्दो जनलहर देखेर आत्तिएको प्रचण्ड–केपी सरकारले क्रान्तिकारी कम्युनिस्ट र तिनका नेताहरुलाई गिरफ्तार गरेको भन्दै आपत्ति जनाउनु भएको छ । बुधबार दिउँसो साढे ३ बजे अनुसन्धानका लागि भन्दै म्याद थप गर्न बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने क्रममा परिसरमा पुगेका संचारकर्मीहरुसँग प्रकाण्डले उक्त प्रतिक्रिया दिनु भएको हो ।

प्रवक्ता प्रकाण्डले भन्नुभएको छ, ‘हामीले भ्रष्टाचारी, माफिया, घुसखोर, तस्कर, गुण्डाविरुद्ध र राष्ट्रियताको पक्षमा संघर्ष गरेको देख्न नसकेर सरकारले हाम्रो हातमा हाल्ने काम गरेको छ, यो कुरा फैला अब नेपाली जनताले गर्नेछन् ।’ प्रकाण्डले भन्नुभयो ‘देश र जनताको सच्चा एजेण्डा बोक्ने पार्टी भनेको नेकपा मात्र हो भन्ने कुरा जनताले राम्ररी बुझेका छन् ।’

आफूसहित तीनलाई अपराधीलाई झैं व्यवहार गरेर प्रहरीले गिरफ्तार गरेको र पछि आँखामा कालो पट्टी बाँधेर र हत्काडी लगाएर रातभर मानसिक र शारीरिक यातना दिएको बताउनुभएको छ । प्रकाण्डसँगै स्टाफ हरिचन्द्र आचार्य र मिनबहादुर श्रेष्ठलाई गिरफ्तार गरेको छ ।

आचार्य र श्रेष्ठलाई रातभर पाइप र बुटले पिटेको र पिटाईबाट आचार्य बिरामी परेका छन् । सरकारले दमनले नेपाली जनताको परिवर्तन र क्रान्तिमा कुनै फरक नपर्ने र बरु प्रतिरोध बढेर जाने भनाई प्रकाण्डको छ । देशभक्त नागिरकसँग अब सरकारी दमनको प्रतिवाद गर्नुको विकल्प नरहेको प्रस्ट पार्नुभएको छ । गाह्रोसाह्रो कस्तो छ भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता प्रकाण्डले ‘आवश्यक परेमा देश र जनताका निम्ति बलिदान दिनुपरे नि तयार छु’ भताउनु भएको थियो ।

उनले वर्तमान राजनीतिक प्रक्रिया र संविधानप्रति नेकपा असहमत रहेको र वैचारिक प्रतिस्पर्धा गरिरहेको कुरा पनि राख्नु भएको थियो । साथै, २००७ सालदेखि ०६२/६३ सालसम्म नेपाली जनता आफ्नो राज्यव्यवस्था र राजनीतिक अधिकारका लागि संघर्ष गर्दै आइरहेको र त्यो सीमित दलालहरुका कारण उल्टो दिशामा पुगेकोले आफूहरुले अधुरा क्रान्ति पूरा गर्ने अभिभारा बोकेर राजनीति गरिरहेको बताउनुभयो ।

बुधबार तीनै जनालाई पाँच दिनको म्याद थप गरेर अनुसन्धान गर्न भनी टेकु प्रहरी हिरासतमा राखिएको छ । हत्कडीसहित अदालतमा उपस्थित भएको प्रकाण्डलाई दर्जनौं संचारकर्मीले घेरेर प्रश्न गरेका थिए ।

२०७५ साउन २३ गते बेलुका ९ : ४७ मा पकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :