विप्लव सहित नेकपाका नेताहरु प्रहरी घेराभित्र छैनन् , देशलाई युद्धमा धकेल्ने षडयन्त्र हुदैछ : प्रकाण्ड

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले आफनो पार्टीका नेताहरुको टोली र प्रहरीबीच मुडभेट भएको तथा नेताहरु प्रहरीको घेरामा रहेको भन्ने समाचार झुटो भएको स्पस्ट पारेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले बुधबार बेलुका ई–रातो खबर अनलाईनलाई उपलब्ध गराएको एक नोटीस मार्फत आम जनसमुदायलाई यो झुटो भ्रममा नपर्न आग्रह समेत गरेका छन् । उनले राज्य आतंक मच्चाउने र झुटटा मुद्दा लगाएर देशलाई युद्धमा धकेल्ने षड्यन्त्र अन्र्तगत यस्तो प्रचारबाजी गरिएको बताएका छन् । बुधबार दिउँसो केही अनलाईन सञ्चारमाध्यमले विप्लव उच्च तहका नेताहरु अर्घाखाचीको जंगलमा रहेको र उनीहरु प्रहरीको घेरामा परेको भन्ने समाचार लेखेका थिए ।

सो पार्टीको गत छैटौ केन्द्रीय समितिको बैठकको योजना अनुसर अहिले पनि देशैभरी जनजागरण अभियान चलिरहेको छ र अभियान अन्तर्गत पार्टी, जनता र जनवर्गीय संगठहरुसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु भइरहका छन् । अभियानको क्रममा देशैभरीबाट तत्कालिन माओवादी केन्द्र र अन्य विभिन्न पार्टीबाट सयौंको सख्यामा नेता कार्यकर्ता आफनो पार्टीमा प्रवेश गरेको पनि सो पार्टीले जनाएको छ । आफनो पार्टीको राजनैतिक प्रभावबाट अत्तालिएर सरकारले दमन र हस्तक्षेप गरेको पनि सो पार्टीका प्रबक्ता प्रकाण्डको भनाई छ । प्रकाण्डले आफनो पार्टीको पक्षमा उत्साहपूर्ण वातावरण निर्माण भइरहेको, दलाल सत्ताको जनविरोधी एवं राष्ट्रघाती चरित्र एकपछि अर्को गरी नाङगीएको र त्यो दलाल पुँजीवादी चरित्र सावीत भएको पनि बताएका छन् ।

२०७५ साउन ९ गते बेलुका ११ : १८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :