नेता नछाडेमा प्रतिरोध गर्ने नेकपाको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी पश्चिम कमान्डका इन्चार्ज कञ्चनले एक वक्तव्य निकाली आफ्ना नेताहरूको गिरफ्तारीको विरोध गरेका छन्। कञ्चनको वक्तव्यमा भनिएको छ, ‘तथाकथित नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा दुईतिहाइ बहुमतसहित बनेको केपी ओली नेतृत्वको सरकारले देशभर नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरूलाई धमाधम गिरफ्तार गर्दै, मुद्दा लगाउँदै आएको छ । पछिल्लो समयमा हाम्रो पार्टी पश्चिम कमान्डमा कार्यरत पार्टीका पोलिटब्युरो सदस्य कमरेड ओमप्रकाश पुनको १९ असार २०७५ मा काठमाडौँबाट सङ्गठनात्मक कामको सिलसिलामा गिरफ्तार गरिएको छ । यसबाट प्रस्ट भएको छ– रूपमा ‘लोकतन्त्रवादी’ भने पनि सारमा यो सरकार देशलाई फासिवादी दिशामा बढाउन उद्यत रहेको छ ।’
कञ्चनले अघि भनेका छन्, ‘देशको आमूल परिवर्तनका लागि विगत लामो समयदेखि चलेको सङ्घर्ष, जनयुद्ध र जनआन्दोलनले उठाएका जनताका सङ्गीन मुद्दाहरूलाई पूर्ण रूपले लत्याउ“दै कथित वामपन्थी नेतृत्वमा बनेको सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्तालाई राष्ट्रियता, जनतन्त्र, जनजीविका सम्बन्धित देशका जल्दाबल्दा समस्या समाधान गर्न माग गरेको कारण, देशका प्राकृतिक सम्पदाको दोहन गर्दै औद्योगीकरण गरी जनतालाई समृद्धिको बाटोमा लैजान माग गरेको कारण, सम्पूर्ण नागरिकको रोजगारी, स्वास्थ्य शिक्षा र सम्मानको माग गरेको कारण, देशको जाति–जनजाति, पहाडी, मधेसी र हिमालीबीच ल्याइएको विभेद अन्त्य गरी राष्ट्रिय एकता स्थापना गर्ने राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका लागि आवाज उठाएको कारण, देशमा हुने भ्रष्टाचार, तस्करी, मानव बेचबिखन, नातावाद, गुटवाद, क्षेत्रीयतावादको अन्त्य गर्न माग गरेको कारण र जनतामाथि शोषण–उत्पीडन गर्ने दलाल पुँजीवादी सत्ताको अन्त्य गरी जनताको जनवादी सत्ता वैज्ञानिक समाजवाद स्थापना गर्ने माग गरेको कारण गिरफ्तार गरेको छ र अनेक प्रकारका मुद्दाको फन्दा भिराउने गरेको छ ।’
उक्त वक्तव्यमा भनिएको छ, ‘यी मागहरू विगत लामो समयदेखि देशका जल्दाबल्दा समस्या रही आएका छन् र जनताले गरेका हरेक आन्दोलनमा दलाल पुँजीवादीहरूबाट बारम्बार धोका, षड्यन्त्र, दमन र गतिरोध हु“दै आएको छ । दलाल पुँजीवादी सम्बन्धमा चलेको नेपाल सरकार अहिले आफ्नै नीति र नाराको फन्दामा लट्कन पुगेको सबैलाई जगजाहेर छ । तत्कालीन माके–एमाले गठबन्धनले बहुमतको सरकार बनेको अवस्थामा देशमा स्थिरता, शान्ति, समृद्धि र समाजवाद आउने आश्वासन दिएको थियो । अहिलेको भूमण्डलीकृत पुँजीवाद तथा उत्तरसाम्राज्यवादी विश्व परिवेशमा साम्राज्यवादी एकाधिकारको कठपुतली नेपालको दलाल पुँजीवादी सत्ताको अन्त्य नगरीकन दिइएका संसद्वादीका वचन अहिले उनीहरूकै टाउकोमा बम भएर विस्फोट हुने अवस्था आएको छ । जनताले देख्ने र बुझ्ने गरी यो तथ्य स्पष्ट भएको छ– दलाल संसदीय व्यवस्थाले संसद्मा दुईतिहाइ बहुमत हु“दा पनि न जनताको सार्वभौमिकताको रक्षा गर्ने स्थिति बनाउन सकेको छ, न त जनताका जल्दाबल्दा समस्याको समाधान गर्ने । सरकार बनेदेखि देशमा अभूतपूर्व रूपमा महँगी बढेको छ, भ्रष्टाचार र तस्करी बढेको छ । देशका उद्योगी, व्यापारी र उद्यमशील जनताको ढाड सेक्ने गरी करमा वृद्धि गरिएको छ । जनताका दैनिक उपभोगका वस्तुमा अकल्पनीय रूपमा मूल्य वृद्धि गरिएको छ । विगतको नवऔपनिवेशिक सत्ताको निरन्तरतामा जनताले सङ्घर्ष गरी ल्याएको गणतन्त्रमा समेत नागरिकका लागि स्वास्थ्य, शिक्षा र रोजगारी राज्यको दायित्व नभएर जनताकै रगत चुस्ने देशी तथा विदेशी माफियाको व्यापार बनेको छ । कथित संविधानको कार्यान्वयन र सरकार बनेदेखि जनताले पाउने ठाउ“ केही नभएर राज्यलाई दिनका लागि एघार सयदेखि दुई हजार प्रतिशतसम्म कर थोपरिएको छ । शिक्षा, स्वास्थ्य, रोजगारी र जनताको आत्मसम्मानमा माफियाकरण गरिएको छ ।’
छोटै समयमा केपी ओली सरकार बदनाम भएको भन्दै वक्तव्यमा भनिएको छ, ‘यी तथ्यहरूबाट छोटै समयमा नेपालको दलाल पुँजीवादी सत्ता जनताको आ“खामा नाङ्गेझार भएको छ । सरकारी लाचारीका विरुद्ध राष्ट्रियताको संवद्र्धन गर्ने आन्दोलनका रूपमा विराटनगरको अनधिकृत भारतीय क्याम्प हटाउन नेपाली जनतालाई नेपाल कम्युनिस्ट पार्टीको सङ्घर्ष आवश्यक बनेको छ । देशका बेचिएका प्राकृतिक सम्पदाको रक्षा गर्न, माथिल्लो कर्णाली, अरुण तीन, माथिल्लो मस्र्याङ्दी– दुई, कोसी उच्च बा“धलगायत सम्पूर्ण राष्ट्रका विषयमा आवाज उठाउन र प्रतिरोध गर्न नेपाल कम्युनिस्ट पार्टी आवश्यक भएको छ । त्यस्तै गरी नेपालका च्यापिएका र चोरिएका भूभागहरू, लिपुलेक, कालापानी, लिम्पियाधुरा, सुस्ता महेशपुर, महाकालीलगायत असीभन्दा बढी स्थानको रक्षा गर्न, त्यसबारे आवाज उठाउन, जनतालाई राजनीतिक जागरुकता दिन र यी अन्तर्राष्ट्रिय विषयलाई अन्तर्राष्ट्रियकरण गर्न देशका लागि नेपाल कम्युनिस्ट पार्टी चाहिएको छ । एकातिर दुईतिहाइ बहुमत, साम्राज्यवादी आड र जनतामाथि दमनको दुष्चक्रको सहारा लिँदै सामाजिक दलाल पुँजीवादी सत्ता जनताबाट तिरस्कृत हु“दै जाने र अर्कोतिर सत्तारूढ पार्टीबाटै देशको आमूल परिवर्तन गर्न देशभर हजारौँ क्रान्तिकारी नेता, कार्यकर्ता र जनता नेपाल कम्युनिस्ट पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशामा ध्रुवीकृत हुने अवस्थाले संसद्मा भएको बहुमतको बलमा देश र जनताका वास्तविक मुद्दाहरूलाई पन्छाएर अकूत सम्पत्ति कुम्ल्याउने र सत्तामा टा“सिइरहने सपना देखेका संसद्वादी लुटेराहरूका लागि, सामाजिक दलाल पुँजीवादीका लागि नेपाल कम्युनिस्ट पार्टीको चुनौती कबाफमा हड्डी बनेको छ ।’
यसैगरी अगाडि भनिएको छ, ‘हाम्रो पार्टीले उठाएका मुद्दाहरू देशमा हुने आमूल राजनीतिक परिवर्तनबाट पूरा गरिने विषय हुन् र यो माग उठाउने नेता र कार्यकर्ताहरूको गिरफ्तारी र झूट्टा मुद्दाहरूको फन्दा लगाएर समाधान हुन सक्दैनन् । कथित वामका नाममा बनेको सामाजिक दलाल पुँजीवादी सरकारले जनतामाथिको गिरफ्तारी, धरपकड, नेता र कार्यकर्ताहरू थुनछेक गरी समस्या समाधान हुन्छ भत्रे ठानेको छ भने त्यो उसका लागि भयङ्कर महँगो हुनेछ । ‘लोकतन्त्र’ को नारा दिएर लोकतन्त्रको स्वघोषित मसिहा ठात्रे दलाल पुँजीवादी सत्ताले एकातिर सत्तारूढ दलका ‘जननिर्वाचित’ प्रतिनिधि र नेताहरूलाई समेत पार्टीका कठपुतलीका रूपमा व्यवहार गर्दै सदनमा बोल्न प्रतिबन्धित गरेको छ र अर्कोतिर कथित कानुनहरू पारित गर्दै जनतालाई सडकमा बोल्न र जनतामा सम्प्रेषण गर्ने सभा–जुलुसहरूमाथि प्रतिबन्धित गर्दै लगेको छ । यसले नेपालको सत्ता विगतको पञ्चायतभन्दा अझ फासिवादी बन्दै गएको छ र उसबाट राणा शासनको चरित्र देखाउने स्थिति बन्दै गएको छ । सरकारको यसप्रकारको चरित्र देखिनु देशको नवऔपनिवेशिक अवस्था हुनु र साम्राज्यवादी उत्पीडनमा देश पर्नुको कारण हो भत्रे हाम्रो पार्टीको ठहर छ । तर देशका विद्यमान राष्ट्रियता, जनतन्त्र, जनजीविकाका समस्याहरू समाधान गर्न राजनीतिक सुझबुझको प्रयोग गरी गतिशील निकास निकाल्नुको सट्टा फासिवादको अभ्यास गरी क्रान्तिकारी पार्टी र जनतालाई तह लगाउने सपना यो सरकारले देखेको छ भने विगतको इतिहासमा जस्तै उसका लागि यो भयङ्कर दुःस्वप्न हुनेछ । हाम्रो पार्टी दलाल पुँजीवादी सत्ता र सामाजिक दलाल पुँजीवादी सरकारबाट नेपाल राष्ट्र र नेपाली जनतामाथि हुने कुनै पनि राष्ट्रघात, भ्रष्टाचार, तस्करी, जनविरोधी हर्कतको विरोध गर्दछ । हाम्रो पार्टी जनताको मुक्ति र प्रगतिको बाधक हुने संसद्वादको हरेक कामहरूको प्रतिवाद र प्रतिरोध गर्ने प्रण गर्दछ । हाम्रो पार्टी राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, जनताको वैज्ञानिक समाजवादका विरुद्ध दलाल संसदीय व्यवस्थाले थोपर्ने संसद्वादका विरुद्ध जोडदार प्रतिरोध गर्दछ । तसर्थ यो सरकारले अहिले काठमाडौँबाट गिरफ्तार गरेएका पोलिटब्युरो सदस्य कमरेड ओमप्रकाश पुन, केही दिनअगाडि गिरफ्तार परेका पोलिटब्युरो सदस्यद्वय कमरेड पदम राई, भरत बम र केही महिना अगाडि सुनसरीबाट गिरफ्तार परेका केन्द्रीय सदस्य कमरेड किरण राईलगायत सम्पूर्ण कमरेडहरूलाई मुक्त गरोस् । सरकारबाट दमनको प्रक्रियालाई निरन्तरता दिइन्छ भने त्यसले जनताको प्रतिरोधबाहेक अरू कुनै चीज निम्त्याउनेछैन । हाम्रो पार्टी यसप्रकारका सरकारी हर्कतविरुद्ध व्यापक जनप्रतिरोधमा उत्रन बाध्य हुनुपर्नेछ’, भनिएको छ ।


२०७५ असार २० गते बुधबार दिउँसो २ : १८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :