काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल रिहा भएका छन् । मंगलबार नेपाल बार एशोसियसन ललितपुरको पहलमा ढकाल रिहा भएका हुन् । ढकाल नेपाल बार एशोसियसन ललितपुरका सदस्य पनि हुन् । उनी सोमबार काठमाडौंको जोरपाटी बौद्धबाट पक्राउ परेका थिए । उनीसँगै पक्राउ परेका क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक र केन्द्रीय सदस्य प्रकाश तिरुवालाई भने म्याद थप गरि हिरासतमै राखिएको छ । नीजिकरण र ब्यापारिकरण विरुद्धको आन्दोलनमा सहभागी भइरहेको र नेकपा निकट विद्यार्थी संगठनमा आवद्ध रहेकै कारण पक्राउ गरिएको अखिल क्रान्तिकारीले जनाएको छ ।
२०७५ जेठ २९ गते बेलुका ८ बजे प्रकाशित