अरुण–३ काे कार्यालयमा शक्तिशाली बम विस्फोट

काठमाडौं : संखुवासभामा शक्तिशाली बम विस्फोट भएको छ । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको अरुण तेस्रोको फिल्ड कार्यालयमा मंगलबार राती चार वटा शक्तिशाली ग्रिनेट बम विस्फोट भएको हो । विस्फोटबाट कुनै मानवीय क्षति भने भएकाे  छैन । हालसम्म विस्फोटको जिम्मा कसैले लिएको छैन । उक्त परियोजना क्षेत्रमा पटक पटक विस्फोट हुँदै आएको छ । यसअघि वैैशाख १८ मा पनि विस्फोट गराइएको थियो ।
२०७५ जेठ ३० गते बुधबार बिहान ७ : ०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :