नेकपाका नगरपालिका इन्चार्ज पक्राउ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेताकार्याकर्तालाई बिनाकारण पक्राउ गर्ने झुट्ठा मुद्दा सरकारले लगाइरहेको बेला शुक्रबार थप एक जना पक्राउ परेका छन् । चितवनको रन्त नगरपालिका इन्चार्ज रणदीप गौतमलाई प्रहरीले पक्राउ गरेको छ । गौतमलाई कालीका नगरपालिकाबाट पक्राउ गरेको नेकपाका चितवन सेक्रेटरी धुर्बले जानकारी दिएका छन् । सेक्रेटरी धुर्बले आफ्ना कार्यकर्तालाई बिनाकारण बाटोमा हिडिरहेको अवस्थामा पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् । उनले पक्राउ परेका गौतमलाई बिनासर्त रिहाइ नगरे आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुने बताएका छन् ।
२०७५ जेठ २५ गते शुक्रबार अपरान्ह ४ : १९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :