नेकपाका नेताहरु रिहा लगत्तै पक्राउ

 

 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्व सभासद किरण राई, माधव गौतम, दिप्सन राई र नवराज नेपाललाई जिल्ला प्रशासन कार्यालय धनकुटाले धरौटी लिई तारेखमा रिहा हुन वित्तिकै पुनः प्रहरीले जिल्ला प्रशासनको परिसरबाट पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरी उदययपुरमा लगिएको बताइएको छ । राईलगायतलाई उदयपुर प्रहरी हिरासतमा राखिएका वैशाख २७ गते उदयपुर जिल्ला अदालतको आदेश बमोजिम रिहा गरिएको थियो । तर बाहिर प्रहरीले पक्राउ गर्न तयार भएकोले अदालत र कानून व्यावसायीहरुको पहलमा उदयपुर जिल्ला अदालत बार एशोशिएशनको कार्यालयमा राखियो । अदालत हातामा रहेको वार एशोशिएशनको प्राङ्गणबाट राती ९ बजे उदयपुर प्रहरीले उनीहरुलाई पुनः पक्राउ गरी रातारात मोरङ्गको उर्लावारी पुर्याई प्रहरी हिरासतमा राखिएको थियो । लामो समदेखि पक्राउ गर्ने, झुठा मुद्दा लगाउने गरेतापनि अदालतको आदेशमा रिहा भएपश्चात पुनः पक्राउ गर्दै बर्तमान सरकारले मानवअधिकार र कानूनको शासनको खिल्लि उडाएको भन्दै साे पार्टीले आपत्ति जनाएको छ । नेता  राईलगायतलाई गैरकानूनी थुनामा राखेकोमा उच्च अदालत विराटनगरका मा. मु. न्यायाधिश डा. कुलरत्न भुर्तेल र ऋषीराम दवाडीको इजलासबाट बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्दै आज रिहाइको आदेश गरिएकोमा उनीरुलाई पुनः पक्राउ गरिएको हो ।
२०७५ जेठ ९ गते मंगलबार बेलुका १० : ०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :