जनगणतान्त्रिक सम्पर्क समाजको सम्मेलन तीव्र

काठमाडौं : जनगणतान्त्रिक सम्पर्क समाजले जिल्ला सम्मेलनलाई तीव्रता दिएको छ । काठमाडौंको देवीनगरमा दोलखा—काठमाडौं जनगणतान्त्रिक सम्पर्क समाज र नुवाकोट—काठमाडौं जनगणतान्त्रिक सम्पर्क समाजको संयुक्त जिल्ला सम्मेलन  वैशाख २९ गते सम्पन्न भएको छ । संयुक्त सम्मेलनले दोलखा—काठमाडौं जनगणतान्त्रिक सम्पर्क समाजमा राजु कार्कीको अध्यक्षतामा ४ सदस्य पछि थप्ने गरी ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा उपाध्यक्ष गणेश बस्नेत, शम्भु आचार्य, सचिवमा शोभित आचार्य, कोषाध्यक्षमा अमर श्रेष्ठ, सहसचिवमा ज्योति श्रेष्ठ, सदस्यहरू चन्द्र बस्नेत, कुमार खत्री, विन्दा, खत्री, शुस्मिता श्रेष्ठ, उज्ज्वल श्रेष्ठ रहेका छन् । त्यस्तै, सम्मेलनले २ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । सदस्यहरूमा प्रमेश्वर जोशी र ज्ञानबहादुर तामाङ रहेका छन् । सम्मेलनले नुवाकोट—कोठमाडौं जनगणतान्त्रिक सम्पर्क समाजमा नरोत्तम पाण्डेलाई अध्यक्षतामा चयन गर्दै ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा यमलाल तामाङ, सचिवमा प्रल्लाद न्यौपाने, सदस्य रामशरण थापा, सदस्य दीपक न्यौपाने, अर्जुन सुवेदी, जयराम भट्ट रहेका छन् । जनगणतान्त्रिक सम्पर्क समाजका वरिष्ठ उपाध्यक्ष प्रमुख अतिथि सुरेश अधिकारी, अतिथिमा उद्धव पौडेल, केन्द्रीय सचिव पूर्ण श्रेष्ठ, पूर्वी ताम्सालिङ ब्युरो संयोजक सुशील बलाम्पाकी, पश्चिम ताम्सालिङ ब्युरो संयोजक राजु अधिकारीले नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा शुभकामना दिएका थिए । सम्मेलनको अध्यक्षता दोलखा जिल्लाका अध्यक्ष राजु कार्की, सञ्चालन नरोत्तम पाण्डेले गरेका थिए भने स्वागत मन्तव्य प्रमेश्वर जोशीले गरेका थिए ।
२०७५ जेठ ९ गते मंगलबार साँझ ६ : ३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :