हट्ने भयो विराटनगरकाे भारतीय क्याम्प

 

 

काठमाडौं : कोशी नदीमा आएको बाढी नियन्त्रणको बहानामा स्थापना गरिएको मोरङको विराटनगरमा रहेको भारतीय दुतावासको सम्पर्क कार्यालय अन्तत बन्द हुने भएको छ । भारतले २०६५ भदौ २ गते बाढि नियन्त्रणको लागि भन्दै मनोमानी ढंगले उक्त कार्यालय स्थापना गरेको थियो । तर कोशीमा बाढी आएको र कार्यालय खोलिएको लामो समयसम्म उक्त कार्यालय बन्द गर्नुको साटो महावाणिज्य दुतावासको रुपमा विकास गर्ने दाउमा भारत थियो । तर विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंहको नेकपा मशाल लगायत विभिन्न राजनैतिक पार्टी र देशभक्त जनताको लगातारको विरोध र संघर्षको कारण अन्तत उक्त कार्यालय बन्द हुने अवस्थामा पुगेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुनुभन्दा केही दिन अगाडि मात्र उक्त सम्पर्क कार्यालयमा बम विस्फोट भएको थियो । विस्फोटको कारण कार्यालयको भवनमा भौतिक क्षति समेत भएको थियो । नेकपाले उक्त कार्यालय एक महिना भित्र हटाउन र नहटाए कार्वाही गर्ने चेतावनी दिइरहेको बेला उक्त कार्यालय बन्द हुन लागेको हो । ५ वर्ष अगाडि नै नेपाल सरकारले उक्त कार्यालय हटाउन निर्देशन दिंदा पनि भारतले अटेरी गरिरहेको थियो । तर विप्लप नेतृत्वको नेकपाको कडा चेतावनी र सबैतिरबाट विरोध बढेर गएको महशुस गरेपछि उक्त भारतीय अधिकारीहरु उक्त सम्पर्क कार्यालय बन्द गर्ने अवस्थामा पुगेको बताइएको छ ।
२०७५ जेठ ९ गते मंगलबार अपरान्ह ५ : ४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :