विकास निर्माण गर्दै जनसत्ता

 

 

काठमाडौं : देशका विभिन्न ठाँउमा जनसरकार गठन गर्दै जनसत्ताको अभ्यास गरिरहेको नेकपाले विकास निर्माण र जनसरोकारसँग सम्वन्धीत विभिन्न कामहरु गर्दै आएको छ । हाल सो पार्टीको जनसत्ताले कालीकोटमा बाटो निर्माण गरिरहेको छ । जिल्लाको सदरमुकाम भन्दा केही टाढा खुलालु मालकोट देखी रुप्सा जोडने सडकको निर्माणकार्य धमाधम भइरहेको छ । उक्त सडक निर्माणको लागि स्थानीय जनताहरुले श्रम गरिरहेका छन् ।

सडक निर्माण कार्यमा जनसत्ताले ब्यवस्था गरेको डोजर प्रयोग गरिएको छ । जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते उक्त सडक खन्न शुरु गरिएको थियो ।

नेकपाको जनसत्ताले थवाङमा निकै ठूलो शहिद स्मृति भवन निर्माण गरेको छ । यस्तै अन्य ठाउँहरुमा पनि समाज भवन निर्माण भइरहको जनाएको छ ।
२०७५ जेठ २ गते अपरान्ह ५ ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :