नेकपाका नेताकार्यकर्ता गिरफ्तार

 

 

 

 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका जिल्ला पार्टीका सदस्य तथा राप्ती नगर समितिका इन्चार्ज अमर गोपाली र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ चितवनका जिल्ला उपाध्य सुमन लामालाई प्रहरीले गिरफ्तार गरेको छ । दुबै जनालाई बुधबार दिउँसो २ बजे बाटोमा हिडिरहेका बेला प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै उक्त पार्टीका चितवन इन्चार्ज लालबहादुर बिसीले भत्र्सना गरेका छन् । गिरफ्तार गरिएका उनीहरुलाई बिनाशर्त तुरुन्त रिहा गर्न सरकार र प्रशासनसँग नेकपा चितवनले माग गरिएको छ ।

२०७५ जेठ २ गते बुधबार बेलुका ८ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :