जनगणतान्त्रिक सम्पर्क समाजको भेला–सम्मेलन सम्पन्न

 

काठमाडौं : रोोल्पा–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क समन्वय समाजको प्रथम जिल्ला सम्मेलन शनिबार काठमाडौँमा सम्पन्न भएको छ । ‘रोल्पाली एकता र वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि प्रथम जिल्ला सम्मेलन’ मूल नाराका साथ उक्त सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रिय जनपरिषद् नेपालका प्रमुख तथा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगरले रोल्पालाई जनयुद्धले विश्वमा चिनाउन सफल भएकाले त्यहाँको इतिहास र विरासतलाई जनगणतान्त्रिक समाजले उचाइमा उठाउनुपर्ने बताएका छन् । सामन्ती सत्तालाई जनयुद्धले किनारा लगाएको मौका छोपेर संसदीय दलाल पुँजीवाद हाबी भएकाले अबको क्रान्ति संसदीय दलाल पुँजीवादी व्यवस्थालाई विस्थापित गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना अवको आवश्यकता भएको बताए । यस्तै जनगणतान्त्रिक सम्पर्क समन्वय समाज नेपालका सल्लाहकार अध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य मकर गुरुङले एकीकृत जनक्रान्तिको बाटोमा सबै एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिए । यस्तै अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष तथा नेकपाकी केन्द्रीय सदस्य बन्धु चन्दले क्रान्तिकारी भूमिकामा जनगणतान्त्रिक समाजको भूमिका महत्वपूर्ण भएकाले नवनिर्वाचित समितिलाई पूर्ण कार्यकाल सफलताको शुभकामना दिइन् ।

सम्मेलनमा सम्पर्क समन्वय समाजका संरक्षक सुमन्ती रोकामगर, सम्पर्क समन्वय समाजका वरिष्ठ उपाध्यक्ष सुरेश अधिकारी, मगर मुक्ति मोर्चा नेपालका महासचिव इन्द्रकुमार घर्तीमगर, सम्पर्क समन्वय समाजका राप्ती ब्युरो संयोजक प्रकाश बस्नेतलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
सम्पर्क समन्वय समाजका संयोजक रणबहादुर पुनमगरको अध्यक्षतामा सम्पन्न सम्मेलनमा आयोजक समितिका वरिष्ठ सदस्य सन्तराम पुनमगरले स्वागत मन्तव्य दिएका थिए भने आयोजक समिति सदस्य हुकुमबहादुर मल्लले सम्मेलनको सञ्चालन गरेका थिए । सम्मेलनले रणबहादुर पुनमगरको अध्यक्षतामा ४ जना पछि थप गर्ने गरी २७ सदस्यीय रोल्पा काठमाडौँ जनगणतान्त्रिक सम्पर्क समन्वय समाज गठन गरेको छ । कार्यसमितिको उपाध्यक्ष लालबहादुर सुनुवार, सचिव हुकुमबहादुर मल्ल, सहसचिव मञ्जु सुनुवार र कोषाध्यक्ष अस्मिता घर्तीमगर रहेका छन् । यस्तै सदस्यहरूमा शान्तराम पुनमगर, ज्ञानेन्द्र घर्तीमगर, बमबहादुर पुनमगर, बाबु घर्तीमगर, अंमृत गिरी, नामबहादुर घर्तीमगर, जीवन पुनमगर, कमला बुढामगर, माया रोका, दिपेन घर्तीमगर, कलसिंह पुनमगर, दिलप्रकाश रोकामगर, आकाश घर्तीक्षेत्री, कमल विक, दिलप्रकाश पुनमगर, झुमा पुनमगर, खगेन्द्रकुमार ओलीलगायत रहेका छन् । यसैबीच दाङ काठमाडौँ सम्पर्क समन्वय समाजको भेला मङ्गलबार काठमाडौँमा सम्पन्न भएको छ ।

यसैबीच शनिबार दाङ काठमाडौँ सम्पर्क समन्वय समाजको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले भरत बुढाथोकीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ जसको उपाध्यक्षमा माधव वसियाल, सचिवमा आकाश भण्डारी, सहसचिवमा लालमती चौधरी र कोषाध्यक्षमा सीता भण्डारी रहेका छन् । यस्तै सदस्यहरूमा रितु केसी, प्रभा ओली, तारा ओली, पुष्कर डाँगी, जीवन चौधरी, टीकाराम बस्नेत, गणेश डाँगी, विनय चौधरी, नकुल शाही, सुनीता केसी र जीवन उदासी रहेका छन् । यस्तै सम्मेलनले सल्लाकार समिति पनि गठन गरेको छ जसको अध्यक्षमा राजेश रसाइली छन् भने सदस्यहरूमा कृष्णा आचार्य र देव परियार रहेका छन् ।

यसैबीच बर्दिया काठमाडाँै सम्पर्क समन्वय समाजको प्रथम जिल्ला सम्मेलन मङ्गलबार काठमाडौँमा सम्पन्न भएको छ । सम्मेलनले पूर्वविद्यार्थी नेता केशव सन्जेलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । जसको उपाध्यक्षमा दानबहादुर कुमाल, सचिवमा रतन चौधरी र कोषाध्यक्षमा विमल थापा रहेका छन् । सदस्यहरूमा करण कुमाल, गीता थापा, किरण चौधरी, सुरेश थापा, जनक थारूलगायत रहेका छन् । यस्तै सम्पर्क समन्वय समाज भोजपुर–काठमाडौँको पनि प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले रक्षाकुमार राईको अध्यक्षतामा जिल्ला समिति गठन गरेको छ । जसको उपाध्यक्षमा साकिला राई, सचिवमा युवराज राई कोषाध्यक्ष साङ्गेना राई रहेका छन् । यस्तै सदस्यहरूमा लक्ष्मीका राई, सुजीता राई, सुवास राई दिलीप राईलगायत रहेका छन् । सम्मेलनले सम्पर्क समन्वय समाजको सल्लाहकारमा दीपक भट्टराईलाई चयन गरेको छ । यस्तै रामेछाप–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क समन्वय समाजको संयोजकमा शङ्कर श्रेष्ठ चयन भएका छन् ।
२०७५ वैशाख २१ गते शुक्रबार २ ः ३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :