यातायातको हैन राजनीतिक सिन्डिकेट तोड

काठमाडौं : बन्द हड्तालको विरोध गर्दै आएका यातायात व्यावसायीहरुले  वैशाख २१ गतेबाट चरणबद्ध संघर्षको घोषणा गरेका छन् । शुक्रबारदेखि यातायात हड्ताल भएको छ । वार्ताद्धारा समस्याहरुको सामाधान नगरेर सरकारले व्यावसायीहरुलाई अमर्यादित ढंगले पक्राउ गर्न थालेको छ ।  व्यावसायीहरुले आफूप्रति समर्थनको घेरा फराकिलो पारेको देखिन्छ । यातायात क्षेत्रमा सिन्डिकेट हुनु हुँदैन । तर यातायात क्षेत्रमा भन्दा पहिले राजनीतिक  र आर्थिक क्षेत्रको सिन्डिकेट बन्द गर्नुपथ्र्यो । ठूला दलहरु, मन्त्री, उच्च पदस्थ कर्मचारी र कुलीन वर्गले पुरै सिन्डिकेटमा चलाएको छ । शिक्षा, स्वाथ्य ब्यापार, राजनीति न्यायिक क्षेत्र, नीति  निर्माण, उत्पादन र वितरण, आयात निर्यात सबैतिर सिन्डिकेट छ । पूँजीवादी व्यवस्था भनेकै सिन्डिकेटमा चलेको हुन्छ । त्यसैले सिन्डिकेट पँुजीवादी व्यवस्थाको अनिवार्य चरित्र हो । नेपालमा भारतीय मालबहाक सवारीसाधन निर्वाधरुपमा चल्छन्  तर नेपाली ट्रकहरु काम नपाएर भारतीय ट्रकसँग प्रतिसपर्धा गर्न नसकेर जोर विजोर गरेर चलाउन वाध्य छन् । भारतीय साना सवारी साधन सिधै दिल्लीबाट यात्रु बोकेर मुस्ताङ पुग्छन् । तर नेपालको एम्बुलेन्स भारतको अस्पताल जान भारतीय दुतावासको इजाजत पत्र चाहिन्छ । प्रक्रिया मिलाँदा मिलाउँदै बिरामी मरिसक्छन् । तसर्थ भारतीय सवारी र मालबहाक यातायातलाई नियन्त्रित गर्नुपर्ने पहिलो आवश्यकता हो । तर दलाल सरकार विदेशी अतिक्रमण हस्तक्षेप, कर छली देख्दैन तर देशभित्रका व्यावसायीसँग जिस्कन्छ । कम्पनी ऐनमा व्यावसाय दर्ता गर्न न्युनतम पाँचवटा सवारी चाहिने प्रावधान छ । २ वटामात्र सवारी भएका व्यावसायीले के गर्ने ? दुर्घटना हुँदा व्यावसायीको रक्षा कसरी कसले गर्ने? सरकारसँग चित्तबुझदो जवाफ छैन । अहिले सिन्डीकेट भएपनि साना व्यावसायीले स्वरोजगार अन्तर्गत एउटा बस, ट्रक, टेम्पो चलाएर जिवीकोपार्जन गर्दै आएका छन् । अब ५ वटा नभएसम्म कम्पनी दर्ता नहुने भएपछि साना व्यावसायीले काम गरेर खान नपाउने भए । यो सरकारको सानालाई मार्ने र ठूलालाई पोस्ने नीति हो । कम्युनिस्ट नामको दलाल सरकार भनेको कुरालाई यसले पुष्टि गरेको छ । त्यसैले सरकारी कदम सिन्डिकेटको अन्त्य नभएर नयाँ खालको सिन्टिकेट हो । तसर्थ गृहमन्त्रीको डन्ठे बुद्धि र सरकारी ज्यादती बन्द गरेर ब्यावसायीहरुसँग वार्ता द्वारा समस्याको समाधान गुर्नपर्छ । 
 
२०७५ वैशाख २१ गते शुक्रबार ५ :३० मा प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :