काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले पार्टीका मोरङ जिल्ला सेक्रेटरी उदय राई (युगेन)लाई तत्काल सार्वजनिक गरी रिहा नगरे थप संघर्ष गर्ने चेतावनी दिएको छ । सोमबार अपरान्ह मोरङका इन्चार्ज पुष्करले प्रेस विज्ञप्ति जारी गर्दै शनिबार गिरफ्तार परेका सेक्रेटरी युगेनलाई रिहा गर्न गर्न सरकारलाई आग्रह गरेका छन् । “जनताको गाँस, वास, शिक्षा, स्वास्थ्य रोजगारको कुरा छोडौँ, आफू के गरी कमाउन सकिन्छ, के नारा दिएर, के भन्दा आफ्नो अनुहारको मुकुण्डो छोप्न सकिन्छ भन्ने सरकार त्यतातिर लागिरहेको ” विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी अखिल नेपाल किसान संघ क्रान्तिकारीका सिन्धुलीको अध्यक्ष अजुर्नलाई हरिहरपुरगडी ६ बाट आइतबार प्रहरीले गिरफ्तार गरेको छ । त्यस्तै नेकपा सर्लाही जिल्लाका हरिवन १० का सदस्य ज्ञानबहादुर घिसिङलाई प्रहरीले आज बिहान गिरफ्तार गरेको छ ।प्रस्तुत छ विज्ञप्तिको पूर्णपाठ–
२०७५ वैशाख १० गते सोमबार अपरान्ह १ ३० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्