विराटनगरमा प्रहरी गतिविधि तीव्र

काठमाडौं : भारतीय कोसी बाढी नियन्त्रण कार्यालयमा सोमबार बम विस्फोट भएपछि बुधबार विराटनगरमा प्रहरी सरगर्मी बढेको छ । मोरङ प्रहरीले विराटनगर १४ का हृदयनारायण शाह, विराटनगर १३ का नरेशलाल कर्ण, पूर्व सांसद बाबुलाल पासवान, बुढिगंगा गापाका सागर रायलगायत दजर्नौंको घरमा छापा मारेको छ । अहिले प्रहरीले शाही शासनकालको झल्को आउने गरी यात्रुबाहक बसबाट यात्रीहरुलाई निकालेर जाँज गरिरहेकोे छ भने भटभट्टे चलाउनेलाई हेल्मेट झिकेर अनुहार हेर्दै पठाउँदै गरेको सोमबारको घटनाले मोरङमा देशभक्त र राष्ट्रघाती शक्तिहरुबीच ब्यापक ध्रुवीरकरण भएको नेकपा एक जना नेताले दाबि गरेका छन् ।
२०७५ वैशाख ५ गते बुधबार बिहान १० : २१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :