नेकपा दाङको चेतावनी

 

दाङ :  नेपाल कम्युनिस्ट पार्टी दाङका दुईजना जिल्ला सदस्यलाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको छ । पार्टीका जिल्ला सदस्य विकास वली र जनक्रान्तिका घाइते योद्धा परिवारका केन्द्रीय सदस्य तथा पार्टीका जिल्ला सदस्य ईश्वरी पाण्डेलाई सोमबार तुलसीपुरबाट प्रहरीले बिनाकारण गिरफ्तार गरेको नेकपा दाङले जनाएको छ । जिल्ला सेक्रेटरी विक्रमले प्रेसविज्ञप्ति जारी गरी बिनाकारण गिरफ्तार परेका दुई नेता र कार्यकर्ताको तुरुन्त बिनासर्त रिहाइ गर्न जोडदार माग गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी यो गैरकानुनी र अन्यायपूर्ण गिरफ्तारीको घोर भत्र्सना र निन्दा गर्दछौं र गिरफ्तारीमा पर्नुभएका दुवैजनालाई बिनासर्त रिहाइ गर्न माग गर्दछौँ ।’ एकीकृत जनजागरण अभियान सञ्चालन गरिरहेको उक्त पार्टीले आफूहरूको आग्रहलाई बेवास्ता गरे जिल्ला बन्दलगायत कडा सङ्घर्ष गर्न बाध्य हुने चेतावनी दिँदै यसबाट उत्पन्न सम्पूर्ण परिणामको दोषी सरकार र प्रशासनलाई भड्काउमा पार्ने कथित जनप्रतिनिधि हुनेसमेत जनाएको छ ।
२०७५ वैशाख ५ गते बुधबार बिहान ११ : ५६ मा प्रकशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :