चुनाव प्रचार अभियानमा बालबालीकाको प्रयोग

Student use copyरुकुमः बैशाख २६, रुकुमका राजनैतिक दलहरुले चुनाव प्रचार अभियानमा अत्याधिक मात्रामा बालबालीकाको प्रयोग गरेका छन् । माओवादी केन्द्रका र नेपाली कांग्रेसका उम्मेद्धारहरुले विद्यालयको पठन पाठन समेत ठप्प पारेर विद्यार्थीहरुलाई पार्टीको ड्रेस लगाई झण्डा बोकाएर चुनावको प्रचारमा लगाएका हुन् । त्रिवेणी गाउँपालीकाका कक्षा १० मा पढ्ने विद्यार्थी कमल खड्काले माओवादी केन्द्रका कार्यकर्ताहरु र वाइसियलका कार्यकर्ताहरु आएर जबरजस्ती चुनावको प्रचारमा आफ्ना साथीहरुलाई लिएर गएको बताए ।

यसैबिच एक अर्को समाचार अनुसार नयाँ शक्ति रुकुमले एक प्रेस विज्ञप्ती जारी गर्दै पक्राउ गरिएका नेकपाका जिल्लास्तरका नेता कार्यकर्ताहरुलाई रिहाई गर्न माग गरेको छ । नयाँ शक्तिका रुकुममा संयोजक अमर वलीद्वारा जारी गरिएको विज्ञप्तीमा सामान्य लोकतन्त्रका आधारभूत मूल्य मान्यताको उपहास हुनेगरी, राजनीतिक गतिविधि गरिरहेका र घरमा बसिरहेका व्यक्तिहरुलाई पक्राउ गर्नु गलत हो भनिएको छ । कुनै अप्रिय खालका घटनाहरु नघटेकै अवस्थामा १६/१७ वर्षका युवा युवतीहरुलाई पक्राउ गर्नु गलत भएको भन्दै तुरुन्त रिहाईको माग समेत गरीएको छ ।

यस्तै गरी संघीय समाजवादी पार्टी रुकुमले पनि एक विज्ञप्ती जारी गर्दै नेकपाका कार्यकर्तालाई विनाकारण पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने हर्कत गरिरहेको भन्दै त्यसको विरोध गरेको छ । जो सुकै दल वा व्यक्तिले पनि लोकतन्त्रमा आ–आफनो मत राख्न पाउने अधिकार सुरक्षित भएको भन्दै शान्तिपूर्ण तरिकाले चुनाव खारेजी कार्यक्रम गर्दा पनि प्रशासनले जबरजस्ती गरेकोप्रति विरोध गरेको छ ।

गत १८ गतेदेखी नै आफ्नो पार्टीका राजनैतिक कार्यक्रमहरु गरिरहेका र कतिपय घरमै बसिरहेका नेकपाका कार्यकर्ताहरुलाई विनाकारण पक्राउ गरी थुनामा राखिरहेको छ । माओवादी केन्द्रका नेता जनार्दन शर्माको ठाडो निद्रेशनमा नेकपाका रुकुमका सेक्रेटरी चन्द्रबहादुर बुढा लगायत १९ जनालाई झुटा मुद्दामा फसाउने तयारी गरिरहेको भएपनि विभिन्न राजनैतिक दल, मानवअधिकारवादी र आईसि आरसीको टोली र स्थानियहरुले दवाव दिइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :