कास्की र चितवनमा प्रहरीको ज्यादती

Kaski ko dharpakadचितवनः बैशाख २६, चितवनमा प्रचण्ड सरकारको आलोचना गर्नसमेत निषेध गरिएको समाचार आइरहेको बेला सोमबार साँझ हाकिम चोकस्थित आफ्नै निवासमा बसिरहेको बेला प्रहरीले महिला नेतृ विष्णु कोइरालालाई गिरफ्तार गरेको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा सो संगठनकी जिल्ला अध्यक्ष समेत रहेकी कोइरालाको अभिलम्ब रिहाइको माग गर्दै सो संगठनकी महासचिव धीरेन्द्रा उपाध्याय भृकुटीले सोमबार साँझनै बक्तव्य जारी गर्नुभएको छ । त्यसैगरी सोमबार अपरान्हनै प्रहरीले भरतपुर, वीरेन्द्र क्याम्पस (साइन्स विभाग) नजिकै आफ्नै घरबाट नेकपा निकट अखिल नेपाल शिक्षक संगठनका चितवन जिल्ला अध्यक्ष कृष्ण परियारलाई गिरफ्तार गरेको छ ।

त्यसैगरी कास्की, लुम्लेबाट प्रहरीले विद्यार्थी नेताहरु मिलन राई, शिव क्षेत्री, प्रबल भण्डारी, दिलबहादुर तामाङ, सुनिल कुमाल र काजी गुरुङलाई पक्राउ गरेको छ । उनीहरुलाई झुठा मुद्दामा फसाउने षड्यन्त्र भैरहेको समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :