चितवनमा बम विस्फोट

 bomb blastचितवन:बैशाख २६, चितवन जिल्लाको मुख्य शहर स्थित श्री मेडिकल कलेज अगाडि पट्टीको प्लटिङ जग्गामा शक्तिशाली बम विस्फोट भएको छ ।

घटना भएको स्थलमा जिल्ला प्रहरी कार्यालयको हेडक्वार्टर, जिल्ला प्रशासनको कार्यालय, जिल्ला दुरसंचारको कार्यालय रहेको छ । सो ठाउँमा बम विस्फोट भएपछि स्थानीय चुनावमा खटेका सरकारी कर्मचारीहरु आतंकित बनेको स्थानीयहरुले बताएका छन् । सोमबार बेलुकी ६ बजे शक्तिशाली बम विस्फोट भएको होे । स्थानीयले सो घटना नेपाल कम्युनिस्ट पार्टीले गरेको हुन सग्ने आसङ्का गरेका छन् । 

चितवनमा प्रचण्ड नेतृत्व सरकारले गरेको दमनलाई  नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनजागरण तथा स्थानीय चुनाव खारेजी अभियानलाई थप सशक्त पार्ने भएको छ ।  

त्यसैगरी मंगलबार विहान चितवनबाट नेपाल कम्युनिस्ट पार्टीका दुई जना कार्यकर्तालाई बम विस्फोट गरेको भन्दै प्रहरीले विनारण गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा  पुरन राई र इलाका सदस्य शंकर गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :