कोशी बन्दको समर्थनमा तीन वटा ब्युरोको संयुक्त विज्ञप्ति

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी कोशी ब्युरोले आफ्ना नेताकार्यकर्ताहरुलाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै चैत ११ गते अर्थात भोली कोशी बन्दको आयोजनाको समर्थनमा तीन वटा ब्युरोले संयुक्त विज्ञप्ति जारी गरेका छन् । शनिबार बिहान नेकपाका जनकपुर ब्युरो इन्चार्ज, अरुण, सगरमाथा ब्युरो, इन्चार्ज, दिपेश, मेची ब्युरो, इन्चार्ज, सुमनले पार्टीका केन्द्रीय सदस्य तथा कोशी ब्युरो इन्चार्ज किरण राई, धनकुटा इन्चार्ज आकाश, सेक्रेटरी, नवराज, संखुवा सभा इन्चार्ज राजकुमार दंगाल, सेक्रेटरी दिव्या बराल, तेह्रथुम सेक्रेटरी कमल लिम्बु, लिम्वुवान स्वयत्त जनपरिषदका प्रमुख सागर लिम्बु सगरमाथा ब्युरो सदस्य जिवन राईलगायतलाई गैर न्यायिक गिरफ्तारीको घोर विरोध तथा भत्र्सना गरेका छन् । उनीहरुले आस्थाका बन्दीहरुलाई तत्काल रिहाईको माग गर्दै चैत ११ गते कोशी ब्युरो बन्द कार्यक्रमलाई पूर्ण समर्थन र सक्रिय सहयोग गर्ने बताएका छन् । साथै, बन्द सफल पार्न सम्पूर्ण उद्योग, व्यवसायी शिक्षण संस्था, यातायात, व्यापारलगायत क्षेत्रलाई बन्द गरी सहयोग पु¥याईदिनहुन सबै पक्षलाई हार्दिक अनुरोध पनि गरेको छ ।

विज्ञप्तिको पूर्णपाठ-
२०७४ चैत १० गते मध्यान्न १२ : ०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :