जनसत्ताद्वारा समाजमा घटिरहेको दलाल प्रबृद्धीको भत्र्सना

रमाकान्त बास्तोला / पोखरा : तमुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद(जनसत्ता) कास्कीले एक विज्ञप्ति जारी गर्दै नौं बुँदे धारणा सहित समाजमा घटिरहेको दलाल प्रबृद्धीको भत्र्सना गरेको छ । विज्ञप्तिका अनुसार नेपालमा दलाल संसदीय व्यवस्था सुदृढ गर्न भएको कथित स्थानिय तह र प्रदेशको निर्वाचन मार्फत दलालहरुको प्रतिनिधिहरु खडा गरी अहिले आफुले मत लिएको जनताको हित विपरित कार्यमा सरकार, राजनीतिक दल र तिनका निर्वाचित कथित जनप्रतिनिहिरु लागेको कारण कास्की जिल्लामा पनि दलाल संरचनाको आँडमा विभिन्न किसिमका गैर न्यायिक तरिकाले चरम लुटमा लागेका भन्दै जनपरिषद कास्की पनि मुकदर्शक बनिरहन नसक्ने कुरा उल्लेख गरेको छ । यस्तै जनपरिषद कास्कीले सामाजिक विकृति विसंगति, भ्रष्टचार, ठगी, दलाली विरुद्ध क्रियाशिल रहदै जनताको पक्षमा उभिरहेको उदृत गर्दै कास्की जिल्ला जनपरिषदले निम्न नौ बुँदाहरुमा संबन्धित सबै पक्षहरुलाई ध्यानाकर्षण समेत गराएको छ ।

जनपरिषद कास्कीले बिज्ञप्ति मार्फत ध्यानाकर्षण गराउदै उल्लेख गरेका बुँदाहरु

१. माध्यामिक शिक्षा पूर्णत निशुल्क हुनुपर्दछ । राज्यले कुनै पनि बहनामा शुल्क लिने कार्य बन्द गरिनु पर्दछ ।
२. सार्वजनिक जमिन (७७ बढी गुठीको ४२४३ रोपनि गुठी, पर्ति, संघ संस्थाको तालका जमिन) रातारात नीजिकरण गरी व्यक्ति करोडौंको मालिक बन्ने भू–माफिया र दलालहरुलाई आवश्यक कारबाही गर्दै सार्वजनिक सम्पतिको पूर्ण संरक्षण गरिनुपर्दछ । सार्वजनिक जमिन विवाद बारे सार्वजनिक सुनुवाई आयोजना गरिनुपर्दछ ।
– मझेरीपाटनको १७ सय २ रोपनी जमिन अनेकै नाममा भू–माफिया र दलालहरुले आफ्नो बनाउने जाली खेलको अन्त्य गरिनुपर्दछ र सो जमिन सुरक्षित गरिनुपर्दछ ।
– पोखरा सभागृहको नीजीकरणको प्रकृया कुनै पनि नाममा अघि बढाउन रोकिनु पर्दछ । राज्यको लगानिमा भवनको गुणस्तरीय मर्मत सम्मार गरिनु पर्दछ ।
– अघौं कालिका भैरव गुठीको ६९ रोपनी जमीन माथि दलाल गिरोहले चलखेल गरिरहेकोले तत्काल जग्गा नीजिकरण रोकिनुपर्दछ ।
३. प्रकृतिक साधन स्रोत माथिको जनताको अधिकार कुन्ठित गर्दै गलत ढंगले गरिदै आएको ठेक्का पट्टा रद्ध गरिनुपर्छ ।
४. विकास निर्माण काममा ठेकेदारी प्रथा मार्फत कमिसन र चलखेल गरी गुणस्तर हीन काम गर्ने कम्पनीलाइ कारबाही गरिनु पर्दछ ।
५. मजदुर आपूर्तिमा हुने ठेकेदारी प्रथा, न्यून ज्याला र मजदुर माथिको शोषण रोकिनु पर्दछ ।
६. सरकारी, गैरसरकारी जमीन सस्तोमा ठेक्कामा दिइ निकै महंगोमा साना व्यापारी र जनता ठग्ने र दलाललाइ संरक्षण गर्ने काम रोकिनु पर्दछ ।
७. बैदेशिक रोजगारीको नाममा ठगी गर्ने दलाल र सम्बन्धित मेनपावर कम्पनिलाई आवश्यक कारबाही गरिनेछ र पीडितलाई उचित न्याय प्रदान गर्ने ।
८. वीत्तीय संस्था र बैकंको चर्को ब्याजदर घटाईनु पर्दछ । यदी तत संस्थाले ब्याज दरमा पूर्न्विचार नगरे जन परिषद थप संघर्ष अघि बढाउने छ ।
९. सामाजि विकृति र विसंगतिका विरुद्ध संघर्ष अघि बढाइने छ ।

२०७४ चैत १० गते अपरान्ह २ : ०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :