नेकपाद्वारा दुर्घटनाप्रति दुख व्यक्त

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले २८ गते भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गरेको छ । नेकपाका प्रवक्त एवं स्थायी समिति सदस्य प्रकाण्डले २९ गते एक वक्तव्य सार्वजनिक गर्दै उक्त कुरा व्यक्त गर्नु भएको छ । उहाँले भन्नु भएको छ“ यही फागुन २८ गतेका दिन बंगलादेशबाट नेपालका लागि उडेको युएस बंगला २११ को विमान अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरणका क्रममा दुर्घटना ग्रस्त हुँदा वरिष्ठ न्युरो सर्जन डाक्टर बालकृष्ण थापालगायत २२ जना नेपालीसहित ४९ जना यात्रुको मृत्यु हुनाका साथै, २२ जना गम्भीर घाइते हुन पुग्नुभएको छ । यस दुःखद् घटनामा निधन हुनुभएका सबैप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । परिवारजनमा संवेदना व्यक्त गर्दछ । साथै, सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।” उक्त वक्तव्इमा उहाँले दुर्घटनामा घाइते सबैको शिघ्र र उपयुक्त उपचारको माग पनि गर्नु भएको छ । उहाँले भन्नु भएको छ“घाइतेहरूको शीघ्र र उपयुक्त उपचारको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछ ।”
यसरी दुर्घटना हुनुको मुख्य कारण राज्य प्रणाली भएको भन्दै प्रकाण्डले भन्नु भएको “ नेपालमा हवाई दुर्घटना भइराखेको छ । यसरी दुर्घटना हुनुको मुख्य कारण, प्राविधिक भन्दै गरेर यो संसदीय सत्तालाई चोख्याउने काम गरिँदै आइएको छ । यसमा कुनै सत्यता रहेको छैन । यसरी नेपालमा हुने हवाई, सडक दुर्घटनाको मुख्य जिम्मेवार यो दलाल संसदीय राज्य प्रणाली हो । राज्य वैज्ञानिक र व्यावहारिक नभएका कारण यस्ता दुर्घटना हुने गर्दछन् । राज्य प्रणाली ठीक नभएपछि उसले बनाएका संरचनाहरू पनि व्यवस्थित हुँदैनन् ।” प्रकाण्डले अगाडि भन्नु भएको छ “त्यसैले हाम्रो पार्टीले यो राज्यव्यवस्थालाई पूर्णरूपले ध्वस्त गरी वैज्ञानिक समाजवादी नीतिमा आधारित राज्यप्रणालीको स्थापनाका लागि निरन्तर संघर्ष गर्दै आएको छ । यसरी वैज्ञानिक समाजवादी नीतिमा आधारित राज्यप्रणालीको स्थापनाको संघर्षलाई सहयोग, समर्थन र सहभागिताका लागि अनुरोध र अपील गर्दै आएको छ ।”

विज्ञप्तिको पूर्णपाठ–


२०७४ फागुन २९ गते अपरान्ह ६ : ३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :