क्रान्तिकारी पत्रकार संगठनको भुसाललाई चयन गर्दै / भक्तपुरको पहिलो जिल्ला सम्मेलन सम्पन्न

काठमाडौं : क्रान्तिकारी पत्रकार संगठन, नेपाल भक्तपुर जिल्लाको पहिलो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले रामजी भुसालको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा सन्तोष बलम्पाकी, सचिवमा अमृत पाण्डे र सहसचिवमा कमल थापा रहेका छन् । कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रभात चलाउने र नेकपा भक्तपुर सेक्रेटरी कुशल बोगटी र उपत्यका संयोजक जन्मदेव जैसीलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।
२०७४ फागुन २९ गते बेलुका ७ : ४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :