जनसत्ताद्वारा हजारौं रोपनी जग्गा कब्जा

तस्विर : नकुल चौलागाईं

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको तामासालिङ स्वायत्त स्वयत्त जनपरिषद्ले हजारौं रोपनी जग्गा बुधबार कब्जा गरेको छ । काभ्रे भुम्लु गाउँपालिका ६ मा पर्ने आपगाउँ बेसीमाझी बस्तिमा रहेको हजारौं रोपनी जग्गा तामासालिङ स्वायत्तले कब्जा गरेको हो ।

मानव बस्तीलाई जोखिम बढ्ने गरी सरकारकै मिलेमतोमा भूमाफियाहरुले उक्त जग्गा नियन्त्रणमा लिएर अवैध रुपमा नदी नालामा रहेका गिटी बालुवा उत्खनन् गर्न थालेपछि उक्त जग्गा जनपरिषद्द्वारा कब्जा गरेको हो ।

स्थानीलाई थर्काएर तस्कर र माफियाहरुले नदीनाला अतिक्रमण तीव्र पारेको भन्दै जनपरिषद् प्रमुख मणिक लामाको नेतृत्वमा गएको टोलीले झण्डा गाँडेर जग्गा कब्जा गरेको  तामासालिङ स्वायत्त स्वयत्त पदेशले जनाएको छ ।

सार्वजनिक जग्गा स्थानीय गोपाल सेढाईले नीजि करसर उद्योग संचालन गर्न लागेकोले आफूलाई प्राकृति सम्पदाको दोहन रोक्न जग्गा नियन्त्रण्मा लिएको लामाले बताएका छन् । 

२०७४ फागुन १० गते बिहान ९ : १८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :