एलसेललाई राज्यले कर मुक्त गर्न खोजेपछि सरोकारवालाहरुको गम्भीर आपत्ति

Ekraj

काठमाडौँः बैशाख २२, शुक्रबार राजधानीमा भएको एक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले एनसेलले राज्यलाई तिर्नुपर्ने ४० अर्ब बाँकी रकम जसरी पनि बुझाउन दबाब सिर्जना गर्नु पर्ने बताएका छन् ।

राज्यले नै एनसेललाई कर मुक्त गर्न खोजेको भन्दै सरोकारवालाहरुले गंभीर आपत्ति व्यक्त गरेका छन् । राष्ट्रिय सरोकार अभियान, नेपालद्धारा आयोजित ‘एनसेल कर छली काण्डलगायतका राजश्व बेदखली’ विषयक अन्तरक्रियामा बोल्दै वक्ताहरुले एनसेलले तिर्नु पर्ने बक्यौता रकममा सरकारले नै कर मिनाहका लागि षडयन्त्र गरिरहेको बताए ।

एनसेलले राज्यलाई अहिलेसम्म जम्मा ९ अर्ब ५४ करोड मात्र बुझाएको तर अरु बाँकी रकममा सरकारका प्रतिनिधि र संसदमा रहेका मुख्य दलका नेताहरुसँग सम्वन्ध कायम गरेर उन्मुक्ति खोजिरहेको बताए ।

राष्ट्रिय सरोकार अभियानका अध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले देशमा एनसेलमार्फत ठुलो भ्रष्टचार चुलिएको भन्दै भ्रष्टचार अन्त्य नगरिए मुलुक समृद्ध नहुने बताए ।जनअधिकार सरोकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले अहिलेको संसदीय व्यवस्था र संविधान सबै दलाल र भ्रष्टहरुको हातमा भएकोले देशमा कहिल्यै भ्रष्टचार उन्मुलन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :